एमाले सिरहा अधिवेशन : सर्वसम्मत नेतृत्व चयनमा सकस, चर्चामा अशोक

  • चैत २७, २०८१ | ५५१ पटक पढिएको | सीमा संदेश
alt

नेकपा एमाले सिरहाको ११ औँ अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनमा सकस परेको छ । पार्टीमा गुट–उपगुट सक्रिय भएकाले सर्वसम्मत जिल्लाको नेतृत्व चयनमा सकस परेको हो ।

मंगलवारबाट सिरहा सदरमुकाममा सुरु भएको एमाले जिल्ला अधिवेशनको उद्घाटन अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गरे । सम्बोधनका क्रममा उनले नेतृत्व सम्भवतः सर्वसम्मत रूपमा चयन गर्नुपर्नेमा जोड दिए । उनले सर्वसम्मत नभए स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्न सुझाए ।

उद्घाटन समारोह सकेलगत्तै सिरहाका केन्द्रीय सदस्यहरू र प्रदेश सदस्यहरूको बैठक बस्यो । बैठकको मुख्य उद्देश्य थियो– जिल्ला कमिटी सम्भवतः सर्वसम्मत चयन गर्नेमा सहमति जुटाउने । तर बैठकमा निष्कर्ष विहीन सम्पन्न भएको बुझिएको छ ।

जिल्ला अध्यक्षका लागि अशोक यादवको नाम चर्चामा छन् । यादव मधेश प्रदेशका पूर्व सांसद हुन् । तर एमाले स्थायी कमिटी सदस्य तथा मधेश प्रदेश इन्चार्ज लीलानाथ श्रेष्ठले यादवलाई वाइपास गरी आफ्ना पकडका नेतालाई जिल्ला अध्यक्ष बनाउन चाहेका छन् ।

‘सिरहामा श्रेष्ठ आफ्नो वर्चस्व कायम राख्न चाहन्छन्’, एक नेताले भने, ‘जिल्ला अध्यक्षका लागि अशोक यादव योग्य छन् । तर उनी श्रेष्ठको एस म्यान बन्न सक्दैन । त्यसैले श्रेष्ठ यादवलाई वाइपास गर्न चाहन्छन् ।’

मधेश प्रदेशमा श्रेष्ठ र एमाले सचिव रघुवीर महासेठको गुट सक्रिय छन् । श्रेष्ठ एमाले महासचिव शंकर पोखरेल पक्षका र रघुवीर उपाध्यक्ष विष्णु पौडेल पक्षका मानिन्छन् । उनी दुबै जना प्रदेशमा मात्र होइन, आठै जिल्लामा आफ्ना गुट बलियो बनाउन उद्धत छन् । जसको प्रभाव सिरहा अधिवेशनमा पनि परेको छ ।

रघुवीर गुटमा एमालेका पूर्व जिल्ला अध्यक्ष तथा सिरहा नगरपालिकाका मेयर डा. नविन यादव, सुखिपुरका मेयर रामऔतार यादव लगायत नेताहरू छन् । उनीहरू नै अशोक यादवलाई जिल्ला अध्यक्षका लागि अगाडी सारेको स्रोतले जनायो ।

हुन त श्रेष्ठ आफ्ना उम्मेदवार सार्वजनिक गरेका छैनन् । तर उनले रामविलास साहलाई जिल्ला अध्यक्ष बनाउन लविङ महाधिवेशन प्रतिनिधिहरू समक्ष गरिरहेका छन् । अन्दाजी ६५ वर्ष पार गरिसकेका साह उमेरको हिसाबले पनि जिल्ला अध्यक्षका लागि उपयुक्त नहुने टीकाटिप्पणी भइरहेको छ ।

एमालेका एक नेता भन्छन्– सिरहामा पार्टी कार्यकर्तामाझ श्रेष्ठको दबदबा छ । उनको अगाडी कसैले विरोध गर्न सक्दैनन् । त्यसैले श्रेष्ठ सर्वसम्मत नेतृत्व चयन गरेर आफ्ना पकडका नेतालाई नेतृत्व सुम्पिन चाहेका छन् । तर भित्रभित्रै धेरै नेता परिवर्तन चाहन्छन् । योग्य र सक्षम व्यक्तिलाई जिल्ला अध्यक्ष बनाउन चाहेका छन् ।

जिल्ला अधिवेशनका लागि १७ पालिकाबाट करिब ६ सय प्रतिनिधि चयन भएका छन् । आज बिहान ८ बजेदेखि बन्द सत्र सुरु हुने भनिएको छ । तर मौसम रातिदेखि नै परिवर्तन भएर ठाउँ ठाउँमा वर्षा भइरहेकाले बन्द सत्र ढिलो सुरु हुने देखिन्छ । एमालेका दीपेन्द्र यादवले अब छिट्टै बन्द सत्र सुरु हुने जानकारी दिए ।

उनले सर्वसम्मत रूपमा जिल्ला नेतृत्व चयन गर्ने बताए । उनले भने, ‘१७ पालिका छन् । १३५ सदस्यीय जिल्ला कमिटी बन्नेछ । त्यसका लागि सबै पालिकाले प्रतिनिधि चयन गरेर पठाउने छ । चयन भएर आएका मध्येबाटै अध्यक्षसहितका पदाधिकारी चयन हुन्छ ।’ नेपाल प्रेस

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब