पक्राउ पूर्जी जारी भएपछि ठेकेदार महतो फरार

  • चैत ३१, २०८१ | ४०९ पटक पढिएको | सीमा संदेश
alt

ठेकेदार समेत रहेका जनता समाजवादी पार्टी नेपालका आर्थिक विभागका संयोजक बलराम महतोविरुद्ध पक्राउ पूर्जी जारी भएपछि फरार भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाले व्यवासयी बलराम महतोविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । जनकपुरधाम उप– महानगरपालिका–४ का सन्तोषकुमार यादवको जाहेरीको आधारमा उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

विगतमा यादव ठेकेदार महतोसित ठेक्काको काम गरेका थिए । सो क्रममा यादवले महतोलाई स– प्रमाण २५ करोड भन्दा बढी रुपैयाँको कारोबार गरेका थिए । तर महतोले उनको रुपैयाँ फिर्ता गर्न तयार भएनन् ।

धनुषाको सबैला नगरपालिका–१२ घर भइ हाल जनकपुरधाम उपमहानगरपालिका–१३ बस्ने रमण कन्सट्रक्सन प्रालिका सञ्चालक ६२ वर्षीय महतोविरुद्ध बैकिंग सम्बन्धी कसुर मुद्दाको क्रममा पक्राउ गर्नका लागि सूचना जारी गरेपछि उनी फरार छन् । जिल्ला प्रहरी कार्यालय धनुषाको स्रोतले जनाए अनुसार पक्राउ पुर्जी जारी भएपछि महतो सम्पर्कविहीन भएका छन् ।

सन्तोष र बलरामबीच विगतमा गरिएको कारोबारमा करिब २५ करोड रुपैयाँको लेनदेन भएको थियो । तर व्यवसायी महतोले ८ करोड रुपैयाँ मात्रै दिने भएपछि उनीविरुद्ध मुद्दा नै दायर गरेका थिए । सो मुद्दामा उनलाई दोषी ठहर गरेपछि रकम नदिइकनै उनी फरार भएको बताइएको छ । २०८१ चैत २१ ग्ते उच्च अदालत जनकपुरले समेत उनलाई दोषी ठहर गरेको छ ।

दोषी ठहर भएदेखि व्यवसायी महतोको मोवाइल स्वीच बन्द गरी फरार छन् । उनलाई पक्राउ गर्न प्रहरी परिचालन गरिए पनि यस बिषयमा धनुषाका एसपी भूवनेश्वर तिवारीले आफूलाई जानकारी नभएको बताएका छन् । व्यवसायी महतोविरुद्ध शुक्रबार नै पक्राउ पूर्जी जारी भएको छ । उनी केही दिन पूर्व काठमाण्डुमा रहेका थिए । उनी निकटका एकजना नेताले जनाए अनुसार महतो काठमाण्डुमा नै रहेका छन् । उनलाई पक्राउ गर्न काठमाण्डु प्रहरीसित समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषा स्रोतले जनाएका छन् ।

महतोको कारण यादवको धेरै जग्गा समेत विक्री भइसकेको बताइएको छ । ठेक्कामा लगानीको नाममा यादवसित उनले पटक पटक रुपैयाँ लिने गरेको तर फिर्ता नगरेको बताइन्छ । रकम फिर्ता गर्न लामो समय सम्म गरेको प्रयास असफल भएपछि अदालतबाट रकम असुलीको प्रक्रियामा पुगेको बताइन्छ । दुई तहको अदालतले नै महतोलाई दोषी ठहर गर्दै रकम उपलब्ध गराउन आदेश जारी गरेको छ ।

गोलबजारमा आज दिनभरका लागि कर्फ्यु खुकुलो बनाइयो

जिल्ला प्रशासन कार्याल सिराहाले आज (आइतवार)  बिहान ...

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन

मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअ ...

संयुक्त हिन्दू मोर्चाले गृहमन्त्री सुदनलाई बुझायो

हिन्दूवादी संघसंगठनहरुले संयुक्त रुपमा बनाएको संयुक्त ह ...

दीपमाला ढकालले जितिन् मिस नेपाल २०२६ को उपाधि

दीपमाला ढकालले मिस नेपाल २०२६ को उपाधि जितेकी छन् । ललि ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब