चट्याङबाटै ७८ जनाको मृत्यु

  • चैत ३१, २०८१ | ४४१ पटक पढिएको | सीमा संदेश
alt

प्री मनसुन सक्रिय भएसँगै चट्याङले मानिसको ज्यान लिनेक्रम बढेको छ । चैत २७ यता देशका विभिन्न स्थानमा वर्षासँगै परेको चट्याङले आठ जनाको ज्यान लिइसकेको छ । पछिल्लो तीन दिनभित्र २८ जना घाइते भएका छन् । 

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार यस वर्ष वैशाखदेखि चैत २८ गतेसम्ममा ७८ जनाको मृत्यु चट्याङकै कारण भएको छ । यो एक वर्षमा चट्याङबाट घाइते हुनेको सङ्ख्या ३०९ पुगेको छ । चट्याङले हालसम्म ५५६ घरपरिवार प्रभावित भएका छन् । जसबाट करिब एक करोड ४३ लाख रुपियाँबराबरको क्षति भएको प्राधिकरणले जनाएको छ । 

चट्याङबाट आमनागरिकको जीवनरक्षाका लागि प्राधिकरणले सचेतना अभिवृद्धिको पहल गरिरहेको केसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “फेसबुक, एक्स, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालमार्फत चट्याङबाट बच्ने/बचाउने सूचना प्रवाह गरिरहेका छौँ अनि आमसञ्चारमाध्यमबाट पनि सचेतना दिइरहेका छौँ ।” बदलिँदो मौसममा चट्याङबाट तत्काल थप सतर्क बनाउँदै पूर्वसूचना दिने उद्देश्यले ‘सतर्क’ नामको पूर्वसूचना कार्यव्रmम अघि सारिएको छ । 

मौसमविद् प्रतिभा मानन्धरका अनुसार प्री मनसुनमा वायुमण्डलमा बादलको घनत्व घटबढ तथा उतारचढाव हुँदा चट्याङ पर्ने वातावरण बन्छ । त्यसैले वर्षा हुने वातावरण बनेपछि बाहिर ननिस्कने, यात्रा नगर्ने, खेतबारीमा काम नगर्ने जस्ता सावधानी अपनाउनुपर्ने उहाँको सुझाव छ । 

घरभित्रै बस्ने, यात्रामा भए गाडीमै बस्ने र खुला आकाशमुनि भएमा हातले टाउको छोपेर घुँडा टेकेर बस्नुपर्ने सुझाव उहाँले दिनुभयो । रुख तथा बिजुलीको पोलमुनि कदापि बस्न नहुने उहाँले बताउनुभयो ।  घरभित्रै पनि बिजुलीका काम बन्द गर्ने, मोबाइल, टेलिभिजन आदि नचलाउने, बत्ती तथा इन्टरनेट बन्द गर्नु पर्छ । झ्याल तथा ढोकामा उभिएर बाहिर नहेर्ने र मोबाइलले बाहिरका फोटो खिच्ने काम पनि नगर्न मौसमविद्हरू सुझाउनुहुन्छ । 

प्री मनसुनको समयमा नेपाल, भारत, बङ्गलादेश र भुटानसहितका दक्षिण एयिसाली देशमा बढी चट्याङ पर्ने गरेको छ । विगत केही दिनमा भारतमा मात्र चट्याङ लागेर ६० जनाको मृत्यु भएको थियो । गोरखापत्र

गोलबजारमा आज दिनभरका लागि कर्फ्यु खुकुलो बनाइयो

जिल्ला प्रशासन कार्याल सिराहाले आज (आइतवार)  बिहान ...

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन

मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअ ...

संयुक्त हिन्दू मोर्चाले गृहमन्त्री सुदनलाई बुझायो

हिन्दूवादी संघसंगठनहरुले संयुक्त रुपमा बनाएको संयुक्त ह ...

दीपमाला ढकालले जितिन् मिस नेपाल २०२६ को उपाधि

दीपमाला ढकालले मिस नेपाल २०२६ को उपाधि जितेकी छन् । ललि ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब