‘बिचौलियाको बिगबिगी टाउको दुखाइ बन्यो’ योजना किनबेच ! कार्यान्वयनमा ढिलाइ र गुणस्तरमा प्रश्न

  • वैशाख ५, २०८२ | ४६० पटक पढिएको | सीमा संदेश
alt

मधेश प्रदेशको बजेटमा समेटिएका पूर्वाधार विकास योजना अहिले बिचौलियाको चपेटमा परेको छ । विशेष गरी पूर्वाधार विकास कार्यालय बारामा योजनाको कमिसनमा किनबेच हुने प्रवृत्तिले जरा गाडेको आम गुनासो बढ्दै गएको छ ।

स्थानीय स्रोतका अनुसार योजना कार्यान्वयन गर्नुको साटो बिचौलियाहरूले योजना ‘बेच्ने’ प्रक्रिया अघि बढाएका छन् । उनीहरूले ठेकेदारसँग कमिसनको दर नमिल्दासम्म योजना अघि नबढाउने प्रवृत्तिले कामको गुणस्तरीयतामाथि प्रश्न उठ्न थालेको छ ।

यसैबीच जीतपुरसिमरा उपमहानगरपालिकामा पर्ने सिमरा धर्मशालादेखि बौद्ध गुम्बासम्म नालासहितको सडक स्तरोन्नति योजनाको उपभोक्ता समिति गठनका लागि एक जना बिचौलिया पत्र लिएर तीन महिना अघि बढेका थिए । तर सो ५० लाख रुपैयाँको योजना कार्यान्वयनको सट्टा योजनाको पत्र पाएको बिचौलिया ठेकेदार खोज्न वा कमिसनको मोरमोलाइमा व्यस्त भइदिँदा, योजनाले गति लिन नसकेको बताइन्छ । त्यसपछि सो योजनाको पत्र पूर्वाधार विकास कार्यालय बाराले अर्कोलाई दिएपछि बिचौलिया हस्याङफस्याङ्ग गर्दै पुरानो पत्र लिएर जीतपुरसिमरा उपमहानगरपालिकामा पत्र दर्ता गराएको एकजना कर्मचारीले बताए ।

उपमहानगरपालिकामा दुई वटा पत्र एउटै मिति र एउटै चलानी नम्बरको प्राप्त भएपछि सो रहस्य उजागर भएको छ । पूर्वाधार विकास कार्यालय बाराका निमित्त प्रमुख राजेन्द्र साहले पनि बिचौलियाको बढ्दो प्रभावप्रति चिन्ता व्यक्त गरेका छन् । उनका अनुसार सो योजना सम्बन्धी पत्रमा उनले ‘ओ.सी.’ (कारबाही अघि बढाउने स्वीकृति) दिएर अर्को सम्वद्ध पक्षलाई पठाएका थिए ।

“बिचौलियाको बिगबिगी मेरो टाउको दुखाइ बनेको छ,” उनले भने । यसका साथै योजना किनबेचको परिपाटीले काम गुणस्तरहीन हुने र तोकिएको समयमा सम्पन्न नहुने अवस्था सिर्जना भएको भन्दै चिन्ता व्यक्त गरे । केही दिन अगाडि मात्र जीतपुर सिमरा उपमहानगलिकामा योजना लिएर आउँने बिचौलियाको बिगबिगी बढेपछि, नगर प्रमुख बाध्य भएर मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहलाई पत्र लेख्न बाध्य भएका थिए ।

स्थानीय स्तरमै योजना ‘दलालीकरण’ हुन थालेपछि प्रदेश सरकार र सम्बन्धित निकायले कडा निगरानी र पारदर्शिता अपनाउने नीतिको खाँचो देखिएको छ । अन्यथा, बजेट त सकिन्छ, तर विकासका सपना अधुरा नै रहनेछन् । मधेश प्रदेशको ८ वटै जिल्लास्थित पूर्वाधार विकास कार्यालयको पत्र नै भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादव आफैँले योजना बाड्दैँ गरेपछि उनीमाथि मधेश प्रदेशसभामा पनि प्रदेशसभा सदस्यहरुले छानबिन समिति गठन गर्न माग गरेका थिए ।

सभामुख रामचन्द्र मण्डलले उच्चस्तरीय छानबिन समिति गठन गर्न निर्देशन दिए पनि अधिवेशन नै अन्त्य गरेर अन्योलको अवस्था सिर्जना गरेका छन् । जसले गर्दा सरकारी कार्यालयबाट समेत विकास निर्माणका कार्यहरुमा विकृति मौलाउँदै गएको बृद्धिजीविहरुको भनाइ छ ।

गोलबजारमा आज दिनभरका लागि कर्फ्यु खुकुलो बनाइयो

जिल्ला प्रशासन कार्याल सिराहाले आज (आइतवार)  बिहान ...

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन

मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअ ...

संयुक्त हिन्दू मोर्चाले गृहमन्त्री सुदनलाई बुझायो

हिन्दूवादी संघसंगठनहरुले संयुक्त रुपमा बनाएको संयुक्त ह ...

दीपमाला ढकालले जितिन् मिस नेपाल २०२६ को उपाधि

दीपमाला ढकालले मिस नेपाल २०२६ को उपाधि जितेकी छन् । ललि ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब