समिति बनाएर थालियो सिरहाकी आनन्दी सदाय मृत्युबारे अनुसन्धान

  • वैशाख ५, २०८२ | ४०८ पटक पढिएको | सीमा संदेश
alt

यौन दुर्व्यवहार पश्चात मृत फेला परेकी सिरहाको नवराजपुर गाउँपालिका–३ दोनवारी टोलकी आनन्दीदेवी सदायको घटना प्रहरीले तीनसदस्य समिति गठन गरेर अनुसन्धान अघि बढाएको छ।

मधेश प्रदेश प्रहरी कार्यालयले एसएसपी शान्तिराज कोइरालाको नेतृत्वमा तीन सदस्य छानबिन समिति गठन गरेको हो। सदस्यमा कार्यालयकै प्रहरी निरीक्षक विक्रम साह र अन्य एकजना हबल्दार रहेको मधेश प्रदेशका प्रहरी प्रमुख डीआइजी लालमणि आचार्यले जानकारी दिएका छन्।

बुधबार नै समिति गठन गरेर अनुसन्धान थालिएको छ। मेडिकल रिपोर्टहरू आएपछि जतिसक्दो चाँडो अनुसन्धान टुंग्याएर प्रतिवेदन बुझाउन समितिलाई जिम्मेबारी दिइएको आचार्यले बताए।

गाउँकै २२ वर्षीय सञ्जीवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादवबाट पुस ९ गते यौन दुव्र्यवहार भोगेकी आनन्दी गत मंगलबार दिउँसो आफ्नै माइत घरमा मृत फेला परेकी थिइन्।

गोलबजारमा आज दिनभरका लागि कर्फ्यु खुकुलो बनाइयो

जिल्ला प्रशासन कार्याल सिराहाले आज (आइतवार)  बिहान ...

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन

मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअ ...

संयुक्त हिन्दू मोर्चाले गृहमन्त्री सुदनलाई बुझायो

हिन्दूवादी संघसंगठनहरुले संयुक्त रुपमा बनाएको संयुक्त ह ...

दीपमाला ढकालले जितिन् मिस नेपाल २०२६ को उपाधि

दीपमाला ढकालले मिस नेपाल २०२६ को उपाधि जितेकी छन् । ललि ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब