भारतीय प्रधानमन्त्री मोदी मधुवनी भ्रमण गर्ने

  • वैशाख ७, २०८२ | २७२ पटक पढिएको | सीमा संदेश
alt

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग सीमा जोडिएको भारत बिहारको मधुवनी जिल्लाको भ्रमण गर्नु अघि दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठक बसेको छ । यही १२ वैशाखमा प्रधानमन्त्री मोदीले मधुवनीको भ्रमण गर्ने तालिका तय भएको जनाइएको छ ।

मोदीको भ्रमणका लागि सुरक्षालाई मध्यनजर गर्दै सीमावर्ती क्षेत्रको सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन भारतीय सुरक्षा अधिकारीले नेपालका सुरक्षा अधिकारीहरूसँग समन्वयात्मक बैठक गरेका छन् । मोदीको भ्रमणलाई लिएर शनिबार भारतको जयनगरमा नेपाल र भारतका सुरक्षा अधिकारीबीच उच्चस्तरीय सीमा सुरक्षा समन्वय बैठक सम्पन्न भएको छ ।

सो बैठकमा नेपालतर्फबाट धनुषा, महोत्तरी, सिरहा र सप्तरीका प्रमुख जिल्ला अधिकारीहरू, जिल्ला सुरक्षानिकायका प्रमुखहरू तथा राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिहरू सहभागी थिए । भारततर्फबाट मधुवनी जिल्ला प्रशासनका शीर्ष सुरक्षा अधिकारीहरू, प्रहरी र अर्धसैनिक बलका प्रतिनिधिहरू सहभागी थिए।

सो बैठकमा सहभागी नेपाली अधिकारीहरूका अनुसार भारतीय प्रधानमन्त्रीको आगमनले सीमावर्ती क्षेत्रलाई संवेदनशील बनाउने भएकाले दुवै देशका सुरक्षा संयन्त्रबीच पूर्वतयारी, समन्वय र जानकारी आदान–प्रदानलाई अझ मजबुत बनाउने सहमति भएको धनुषा प्रहरीका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।

भारतीय पक्षले मोदीको भ्रमण शान्तिपूर्ण, व्यवस्थित र सुरक्षित बनाउने प्राथमिकतासहित सीमाबाट हुने गैरकानुनी आवत–जावत, अपराधिक गतिविधि र अवाञ्छित तत्वहरूको निगरानी बढाउने सहमति भएको छ ।

त्यसैगरी सीमावर्ती क्षेत्रमा सहज रूपमा आवागमन गर्न दिने तर सुरक्षा मापदण्ड पालना गराउन प्रस्ट निर्देशन दिने र सम्भावित अप्रिय घटना रोक्न दुवै देशका सुरक्षा निकायले ’¥यापिड रिस्पोन्स टिम’ तयार राख्नेलगायतका सात बुँदामा सहमति भएको जनाइएको छ ।

गोलबजारमा आज दिनभरका लागि कर्फ्यु खुकुलो बनाइयो

जिल्ला प्रशासन कार्याल सिराहाले आज (आइतवार)  बिहान ...

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन

मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअ ...

संयुक्त हिन्दू मोर्चाले गृहमन्त्री सुदनलाई बुझायो

हिन्दूवादी संघसंगठनहरुले संयुक्त रुपमा बनाएको संयुक्त ह ...

दीपमाला ढकालले जितिन् मिस नेपाल २०२६ को उपाधि

दीपमाला ढकालले मिस नेपाल २०२६ को उपाधि जितेकी छन् । ललि ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब