पब्लिकेशनसँगको कमिसन आरोप निराधार

  • वैशाख ७, २०८२ | ६०७ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, ०७ वैशाख । सिरहा नगरपालिकाले नगर क्षेत्र भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा एकरुपता पाठ्यपुस्तक लागू गर्ने नाममा पब्लिकेशनसँग कमिसन डिलको आरोप एन.पी.खबर लगायतका अन्य सञ्चार माध्यहरुमा निराधार तथा कपोकल्पीत रुपमा समाचार प्रकाशन गरी आम नागरिकलाई भ्रमित गर्ने उदेश्यले प्रकशन गरिएको समाचारले ध्यानाकर्षण गराएको भन्दै सिरहा नगरपालिकाले एक विज्ञप्त जारी गरको छ । 

491006103_1434728364552057_6532213213872419393_n

प्याब्सनका सिरहा जिल्ला अध्यक्ष उमेश चौधरीले नगर प्रमुख सत्ताको दम्भमा शिक्षक, विद्यालय वा अभिावाकसँग कुनै परामर्श नगरी पाठ्यपुस्तक एकरूपताका नाममा स्थानीय तहहरूले पब्लिकेशनसँग कमिसनको डिल गरेर सिन्डिकेट लाद्न खोजेको आरोप लगाएको छ । ‘सिन्डिकेट लाद्न खोजिएको छ, यो मान्य छैन,’ उनले भने ‘पब्लिकेशन तोकेरै यो किताब लगाऊ भन्नु उर्दी जारी गर्नु सरह हो, हामी कानुनी उपचार खोज्छौँ ।’ 

सिरहा नगरपालिका माथि प्याब्सन जस्तो गरिमामय पदधारण गरेका व्यत्तित्वले कसैको सुनिसुनाउमा यसरी आरोप लगाई कपोकल्पीत रुपमा भ्रम फिजाउने कार्य गरको सिरहा नगरपालिकाका नगर प्रमुख डा. नवीन कुमार यादबले बताए । 

हरेक वर्ष संस्थागत विद्यालयहरुबाट पाठ्यपुस्तकहरु परिवर्तन गरिदा अभिभावक माथि आर्थिक भार पर्ने , बजारमा पाठयपुस्तक खरिद विक्रीमा कमिसननको चलखेल हुने जस्ता समस्याहरु न्यूनीकरण गर्न तथा पब्लिकेशनले उपलब्ध गराएका छुट सेवा सिधै प्राप्त गरी अभिभावक माथि पर्न सक्ने आर्थिक भार काम गर्न  र सुद्धृढ परीक्षा प्रणाली लागू गराउने उदेश्यले  एकरुपता पाठ्यपुस्तक कायम गर्न खोजिएको सिरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादबले बताए । 

यसका लागि मिति २०८१।०७।०६ मा सिरहा नगपालिकामा रहेका संस्थागत विद्यालयका संस्थापक तथा प्रिन्सिपलहरुको बैठकबाट पाठ्यपुस्तक एकरुपताको निर्णय गरिएको छ । त्यसअनुसार मिति २०८१।१२।१८ को नगर शिक्षा समितिको बैठकबाट प्याब्सन र एन.प्याब्सनका प्रतिनिधिका विज्ञयहरुले पुस्तक र पब्लिकेशन छलफलका माध्यमबाट छनौट गरी पेश गरको छ । पेश गरिएको पुस्तक तथा पब्लिकेशन उल्लेख गरी नगरपालिकाका शिक्षा शाखाले मिति २०८१।१२।२० मा सबै संस्थागत विद्यालयलाई एकरुपता पाठ्यपुस्तक लागू गर्न अनुरोध गर्दै पत्रचार गरको विज्ञप्तीमा उल्लेख छ । 

‘पब्लिकेशनसँग कमिसनमा डिल गरेको कुरा असत्य हो, हामी कहाँ कुनै पनि पब्लिकेशनका मान्छे पनि आएका छैनन्,’ ‘हामीले यो काम विद्यार्थी र अभिभावककै हितमा गरेका छौैं ।’ नगरपालिकाले लागू गरको पाठयपुस्तक अभिभावक विद्यार्थीहरु जुनसुकै ठाउँ तथा पसलबाट खरिद गर्न सक्छ । यदि कुनै विद्यालयले एउटै पसल तथा एकै ठाउँमा खरिद गर्न भनी निर्देशन गरेको जानकारी गराए करवाही हुने यादबले बताए।

सिरहा नगरपालिकाबाट भौतिक पूर्वाधार निर्माणसँग जोडेर प्रकाशित गरेको टेन्डरमा बिना प्रतिस्पर्धा मिलोमतो गराएको र चार योजनाको मिमित्त २५ निर्माण व्यवसायीले बालेपत्र खरिद गरेपनि १२ वटा निर्माण व्यवसायीले मिलोमतोमा टेण्डर दर्ता गराएको उल्लेख गरी सिरहा नगरपालिकाको कर्मचारीको मिलोमतोमा निर्माण व्यवसायीले टेण्डर प्रकृयालाई स्वस्थ्य प्रतिस्पर्धा विपरीत दर्ता गराएको उल्लेख गरी अपन दैनिक पत्रिकाले सत्यतथ्यहिन तथा भ्रमित सामाचार प्रकाशन गरेको हुदाँ सो सामाचार प्रति सिरहा नगरपालिकाको ध्यानकर्षण भएको छ । 

सिरहा नगरपालिकाबाट प्रकाशन गरेको सूचना अनुसार जम्मा २५ वटा निर्माण व्यवसायीहरुले दरभाउपत्र खरिद गरेकोमा कतिपय दरभाउपत्र खरिददाताहरुले धरौटी वापत राख्नुपर्ने रकम समयमा जम्मा नगरेको कारण जम्मा १२ वटा निर्माण व्यवसायीहरुले  दर्ता गराएको र यसमा सिरहा नगरपाकिाका कर्मचारीहरुको कुनै प्रकारबाट मिलोमतो देखिने अवस्था नरहेको देखिन्छ । तसर्थ अपन दैनिक पत्रिकाले प्रकाशन गरेको समाचार कपोकल्पीत, भ्रामक, निराधार र झुठो हो ।

यो समाचारमा कुनै सत्यता नरहेको र यस्ता समाचार प्रकाशन गर्ने सञ्चार माध्यमले सम्बन्धी पक्षबाट सोधपुछ गरी सत्यतथ्य राखि समाचार प्रकाशन गर्न सिरहा नगरपालिकाले विज्ञप्ती मार्फ अनुरोध गरेको छ । 

गोलबजारमा आज दिनभरका लागि कर्फ्यु खुकुलो बनाइयो

जिल्ला प्रशासन कार्याल सिराहाले आज (आइतवार)  बिहान ...

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन

मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअ ...

संयुक्त हिन्दू मोर्चाले गृहमन्त्री सुदनलाई बुझायो

हिन्दूवादी संघसंगठनहरुले संयुक्त रुपमा बनाएको संयुक्त ह ...

दीपमाला ढकालले जितिन् मिस नेपाल २०२६ को उपाधि

दीपमाला ढकालले मिस नेपाल २०२६ को उपाधि जितेकी छन् । ललि ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब