वैशाख ८ गते सोमबार, यस्ताे छ तपाईँकाे राशिफल

  • वैशाख ८, २०८२ | ३३० पटक पढिएको | सीमा संदेश
alt

आज विक्रम संवत २०८२ साल वैसाख ८ गते, सोमबार । ईश्वी सन् २०२५ अप्रिल २१ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । उत्तरायणं । वसन्त ऋतु । श्रीशाके १९४७ । वैसाख कृष्णपक्ष । तिथि–अष्टमी, २१ घडी १९ पला, दिउसो २ बजेर ७ मिनेट उप्रान्त नवमी । नक्षत्र–उत्तराषाढा, ६ घडी ५७ पला, बिहान ८ बजेर २३ मिनेट उप्रान्त श्रवण । योग–साध्य, ३३ घडी ५२ पला, बेलुकी ७ बजेर ९ मिनेट उप्रान्त शुभ । करण–कौलव, दिउँसो २ बजेर ७ मिनेट उप्रान्त तैतिल, रातको १ बजेर ४६ मिनेट उप्रान्त गर । आनन्दादिमा–मृत्य योग । चन्द्रराशि–मकर । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ३६ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ३१ मिनेट । दिनमान ३२ घडी १९ पला ।

आजको बार बेला   

  • बिहान ५ बजेर ३६ मिनेटसम्म अमृत बेला ।
  • बिहान ५ बजेर ३७ मिनेटदेखि बिहान ७ बजेर १३ मिनेटसम्म काल बेला ।
  • बिहान ७ बजेर १४ मिनेटदेखि बिहान ८ बजेर ५० मिनेटसम्म शुभ बेला ।
  • बिहान ०९ बजेर  ५१ मिनेटदेखि बिहान १० बजेर २७ मिनेटसम्म रोग बेला ।
  • बिहान १० बजेर २८ मिनेटदेखि बिहान १२ बजेर ३ मिनेटसम्म उद्धेग बेला ।
  • मध्यान्ह १२ बजेर ४ मिनेटदेखि दिउँसो १ बजेर ४० मिनेटसम्म चर बेला ।
  • दिउँसो १ बजेर ४१  मिनेटदेखि दिउँसो ३ बजेर १७ मिनेटसम्म लाभ बेला ।
  • दिउँसो ४  बजेर १८ मिनेटदेखि बेलुकी ४ बजेर ५४ मिनेटसम्म अमृत बेला ।
  • बेलुकी ४ बजेर ५५ मिनेटदेखि बेलुकी ७ बजेर ५४ मिनेटसम्म चर बेला ।

नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल
बिहान ७ बजेर १२ मिनेटदेखि बिहान ८ बजेर ४९ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रहा मुहुर्त
बिहान ४ बजेर १ मिनेटदेखि बिहान ४ बजेर ४९ मिनेटसम्म ब्रहा मुहुर्त रहनेछ ।

आजको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफन्त तथा परिवारका साथ उपलब्धिमूलक रमाइलो यात्राको सम्भावना देखिन्छ । काम गर्ने जोस, जाँगर र आत्मबल बढ्नेछ । न्यायिक काममा भएको उल्झन बिस्तारै हराउदै जानेछ । साथीभाइ तथा ईष्टमित्रको सहयोग मिल्नेछ । मान्यजनको सहयोगमा गरेको काममा सफलता मिल्नेछ । नयाँ काम गरी मनग्गे लाभ लिन सकिनेछ भने रोजगारीको खोजिमा हुनेहरुले काम पाउने प्रशस्त सम्भावना छ । र, पनि स्वास्थ्यको ख्याल गर्नुहोला । सवारी साधनमा यात्रा गर्दा ध्यान दिनुहोला ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पढाइ लेखाइ विद्यार्थीहरुले राम्रो प्रगति गर्ने समय रहेकोछ । धर्म तथा अध्यात्म क्षेत्रमा रुची बढ्नेछ भने मन्दिर तथा धार्मिक प्रतिष्ठान तिर गई टीका तथा प्रसाद ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । बन्द व्यापार फस्टाएर जानेछ भने नयाँ ठाउँमा लगानी गर्ने वातावरण बन्नेछ । माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्ने अवसर जुर्नेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईंको सहभागिता उच्च स्तरको रहनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) स्वास्थ्यमा समस्या आउने हुनाले आहार विहारमा ध्यान दिनुहोला । आफन्त तथा दिदिबहिनीसँग मनमुटाव बढ्नेछ भने समय अनुसार अपडेट नहुदा अरु भन्दापछि परिनेछ । व्यापारमा तत्काल लगानी नगर्नु नै राम्रो रहनेछ । पढाइ लखाइमा ध्यान नजादा अरु कै नाम अग्र स्थानमा आउनेछ । माया प्रेममा सामान्य मनमुटाव सिर्जना हुनेछ भने जीवन साथीसँग ठाकठुक पर्नसक्छ । आर्थिक संकटले दैनिकी प्रभावित हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ–नयाँ काम गर्ने जोस जागर बढेर आउनेछ । व्यापार, शेयरबजार तथा  उद्योगबाट नाफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै बढ्न सकिनेछ भने माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यतित गर्दा खुशी भएको महशुस गर्नेछन् । राज्यपक्षबाट पद पाइने ग्रहयोग रहेकोछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) लामो दुरीको अफिसियल यात्राको अधिक सम्भावना रहेकोछ भने यात्राबाट भनेजस्तो उपलब्धि हात पर्ने ग्रहयोग रहेकोछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । वादविवाद तथा मुद्दा मामिलामा प्रतिस्पर्धीलाई हराउदै जित निकाल्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाईंको नाम रहनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा दाम्पत्य जीवनको गाठो अझ मजबुद भएर जानेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) कामलाई निरन्तरता दिन सके मनग्गे लाभ लिन सकिनेछ । बौद्धिक क्षेत्र तथा वित्तीय क्षेत्रमा गरिने व्यसाय फस्टाएर जानेछ भने दैनिकी सहज रुपमा बित्नेछ । बौद्धिक साहित्य तथा सिर्जनात्मक क्षेत्रबाट नाम तथा दाम दुबै कमाउने समय रहेकोछ । माया प्रेममा नजिक हुने तथा मन परेका मानिसबाट उपहार प्राप्त हुने योग रहेकोछ । आफन्त तथा छोरा छोरीसँगको सम्बन्ध अझ राम्रो हुनेछ ।
 
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सवारी साधनको व्यापार व्यवसायमा अलिक बढी मेहनेत गर्दा भने जस्तो नाफा कमाउन सकिनेछ । विद्यामा सफलता प्राप्त गर्न अलिक बढि नै मेहनेत गर्नु पर्नेछ । राजनीति तथा समाजसेवमा समय दिनेहरुका लागि समय मध्ययम रहेकाले जनतासँग सन्तुलित व्यवहार गर्नुहोला समर्थन नपाइन सक्छ । र, पनि आमा तथा आफन्तबाट सकारात्मक सल्लाह तथा सुझाब पाइने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) तपाईंले शुरु गरेको काममा आफन्त तथा दाजुभाईको सहयोग तथा समर्थन पाइनेछ । व्यवसायबाट मनग्गे लाभ लिन सकिनेछ भने घर परिवारका आवश्यक्ताहरु पुरा गर्न सकिनेछ । विवादित विषयहरु तपाईं आफ्नै पक्षमा निर्णय हुनेछन् । प्रेममा नजिक हुने समय रहेकोछ भने लामो समयदेखि भेट नभएका मित्रहरु भेटिने हुँदा मन प्रशन्न रहनेछ । र, पनि अध्ययनमा बाधा हुनेछ । यात्रा गर्दा ध्यान दिनुहोला  ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापार व्यवासायमा बाट मनग्गे आम्दानी हुनेछ भने आम्दानी बढ्ने हुनाले काम गर्न जोस जाँगर आउनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्दै जान सकिने हुनाले मन प्रसन्न रहनेछ । कला, साहित्य तथा यस्तै क्षेत्रमा समय खर्चिनेहरुले मनग्गे धन तथा सम्पत्ति कमाउन सक्नेछन् । पढाइ लेखाइमा थोरै समय दिए पनि सफलता हात लाग्नेछ । कुटुम्वबाट आवश्यक सहयोग पाइने  हुँदा मन खुशी
रहनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) भौतिक वस्तुको प्रयोग गर्न पाइने तथा राम्रा पहिरनमा सजिएर अरुको मन लोभ्याउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहनेछ । नौलो प्रकृतिको काम गरेर आम्दानीका स्रोत बढाउन सकिनेछ भने व्यापारमा आजका दिन लगानी गर्नाले पछिसम्म लाभ मिल्नेछ । पारिवारिक जमघट वा घर परिवारमा आफन्तसँगै रहेर मिष्टान्न भोजन लिने अवसर मिल्ने हुनाले सबै खुबी रहनेछन् ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) स्वदेशी सामानको उत्पादन तथा विक्रि घट्न सक्छ भने विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या देखा पर्नसक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अल्छि गर्ने बानीले  कामहरु बिग्रन सक्छ । अनावश्यक  खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय व्यतित गर्नु पर्दा अन्य काममा समय दिन सकिने छैन । माया प्रेममा सामान्य मनमुटाव सिर्जना हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) कृषि तथा पशुपालन व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । खनिज पदार्थ तथा पानीसँग सम्बन्धित कामबाट भनेजस्तो आम्दानी हुनेछ । शिक्षा तथा बैकसँग सम्बन्धित कामबाट भनेजस्तो आम्दानी हुनेछ । प्रणय सम्बन्धमा नजिक हुने समय रहेकोछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । इच्छा, आकांक्षा तथा मनोकामना पुरा हुनेछन् । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

तपाईंको दिन शुभ रहोस्,
-ज्योतिषी दुर्गा प्रसाद भण्डारी 

बलिवुड अभिनेत्री दिशा पाटनीको फिटनेस र ‘शाही पानी’

बलिवुड अभिनेत्री दिशा पाटनी आफ्नो उत्कृष्ट फिटनेस र सुन ...

औषधीय प्रयोजनका लागि गाँजा खेती गर्न सर्वोच्चको पर

सर्वोच्च अदालतले औषधीय, वैज्ञानिक, कृषि तथा औद्योगिक प् ...

स्थानीय तह निर्वाचनको तया

आगामी स्थानीय तहको निर्वाचनको मिति तय नहुँदै विभिन्न रा ...

ध्वनि प्रदूषणको प्रतिस्पर्धाले समाजमा फैलिँदै असन्

घटना १ :  १० साउन ०८३ मा सुनसरीको देवानगन्ज ग ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब