नवराजपुरका पूर्व वडा अध्यक्ष सरकारी कागजात किर्ते गरेको आरोपमा पत्राउ

  • वैशाख ९, २०८२ | ३११ पटक पढिएको | सीमा संदेश
alt

सिरहा प्रहरीले किर्ते जालसाजी मुद्दामा पूर्व वडा अध्यक्षलाई नियन्त्रणमा लिएको छ। नवराजपुर गाउँपालिका वडा २ का पूर्व वडा अध्यक्ष खुशीलाल साहलाई किर्ते जालसाजी मुद्दामा प्रहरीले पक्राउ गरेको हो।

सोमवार बिहान साहलाई लुकिछिपी बसिरहेको अवस्थामा आफ्नै घरमा ईलाका प्रहरी कार्यालय महेशपुर पतारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ। प्रहरीले साहमाथि किर्ते जालसाजीको पुरानो मुद्दा रहेको र त्यससम्बन्धी अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएको जानकारी दिए।

२०८० माघ १९ गते नवराजपुर २ को पुर्व वडा अध्यक्ष साहमाथि वर्तमान वडा अध्यक्ष सुरेश कुमार यादबको नक्कली हस्ताक्षर र वडा कार्यालयको छाप समेत किर्ते गरेको मालपोत कार्यालयलाई सम्वोधन गरेको पत्र तयार पारेको आरोप लागेको छ।  

साह स्थानिय तहको पहिलो निर्वाचन २०७४ मा नेपाली काङग्रेसबाट नवराजपुर गाँउपालिका वडा नम्बर २ मा निवार्चित भएका थिए। पार्टीले टिकट नदिए पछि दोस्रो निर्वाचन २०७९ माभने नेकपा एमाले प्रवेश गरी गाँपा अध्यक्षमा लडेका थिए। 

पुर्व वडा अध्यक्ष साहले वडाको पुरानै लेटरहेड प्रयोग गरी हस्ताक्षर र वडा कार्यालयको सरकारी छाप समेत किर्ते गरी उनको आफनै आमा कुलमतिया देवीलाई चारकिल्लाको सिफारिस गरिदिएको पाइएपछि घटना बाहिरिएको हो। पुर्व वडाअध्यक्ष साहले मालपोत कार्यालयमा किर्ते गरी कागजात पेश गरी जग्गा आफ्नो नाममा दर्ता गराएको खुलेको छ।

सरकारी कागजातमा ठगी, कागज किर्ते र आपराधिक मनसायले झुटो विवरण पेश गरी जग्गा आफनो नाममा नामसारी गराएको जानकारी आएपछि  २०८० फागुन १३ गते ईलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीमा अध्यक्ष सुरेश कुमार यादवले सरकारी कागजात किर्ते र ठगी गरेको प्रमाण सहित आवश्यक कार्यवाहीको लागी निवेदन दिएका थिए। 

साहले सरकारी कागजातमा किर्ते गरेको आरोपमा उजुरी परे पछि उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी  बीरेन्द्र कुमार पासवानले जानकारी दिए। उनका अनुसार अनुसन्धानको क्रममा प्राप्त प्रमाण र प्रयोगशालाको प्रतिवेदनका आधारमा साहलाई आज प्रहरीले नियन्त्रणमा लिएको हो। 

कमलामा अद्भूत देव मेला : धर्मसंस्कृतिप्रतिको आस्थ

विज्ञान र प्रविधिको  आधुनिक युगमा भूतप्रेत, धामीझा ...

अयोध्याबाट गुडेको रेल जनकपुर आइपुग्यो

भारतको यूपीस्थित अयोध्याबाट सोमबार दिउँसो छुटेको सरयू क ...

लोकसेवा तयारी कक्षाका लागि सरकारले खोल्यो आवेदन, छ

सरकारले लोकसेवा तयारी कक्षा नि:शुल्क पढाउनका लागि आवेदन ...

मंसिर ८ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर ८ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब