देशभर गर्मी बढ्यो : पश्चिम तराईमा ४० डिग्री नाघ्यो

  • वैशाख १०, २०८२ | २७५ पटक पढिएको | सीमा संदेश
alt

वर्षाका गतिविधि रोकिएसँगै देशभर गर्मी बढेको छ । पश्चिम तराईका जिल्लामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ । 

मंगलबार अधिकतम तापक्रम सबैभन्दा धेरै भैरहवामा ४१.३ र न्यूनतम तापक्रम २४.४ डिग्री सेल्सियस पुगेको छ । सोमबार भैरहवाको अधिकतम तापक्रम ३८.९ र न्यूनतम २५.२ डिग्री सेल्सियस थियो । 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार सुदूरपश्चिम र लुम्बिनीका तराई क्षेत्रमा सुक्खाका कारण तापक्रम उकालो लागेको हो । ‘त्यहाँका धेरै ठाउँमा ४० डिग्रीभन्दा माथि तापक्रम छ, गण्डकी, बागमती र मधेशका पश्चिमी क्षेत्रमा पनि तापक्रम बढिरहेको छ,’ मौसमविद् लामिछानेले भने, ‘तर, पूर्वी तराईमा भने वेलावेला वर्षा भइरहेकाले तुलनात्मक रूपमा तापक्रम बढ्न सकेको छैन ।’

मंगलबार पश्चिम तराईका धनगढीमा ४०.८ र नेपालगन्जमा ४० डिग्री सेल्सियस तापक्रम मापन भएको छ । सोमबार धनगढी ३९ र नेपालगन्जमा ३८ डिग्री सेल्सियस तापक्रम थियो । त्यस्तै, मध्य तराईको सिमरामा सोमबार ३६.६ डिग्री सेल्सियस तापक्रम रहेकामा मंगलबार ३८.५ पुगेको छ । 

पूर्वी तराईमा भने तुलनात्मक रूपमा तापक्रम बढेको छैन । मंगलबार चन्द्रगढीमा ३१.६, जनकपुरमा ३७.४, धरानमा ३४.६, विराटनगरमा ३१.८ र धनकुटामा २९.३ डिग्री सेल्सियस मापन भएको छ ।

उपत्यकामा पनि बढ्यो तापक्रम
उपत्यका र पहाडी जिल्लामा पनि तापक्रम बढेको छ । मंगलबार काठमाडौंमा अधिकतम तापक्रम ३१.६ र न्यूनतम १७.८ डिग्री सेल्सियस मापन भएको छ । काठमाडौंमा सोमबार अधिकतम तापक्रम ३१.४ थियो । मंगलबार दिपायलमा ३८.२, वीरेन्द्रनगरमा ३६.९, घोराहीमा ३६.२ र पोखरामा ३३.४ डिग्री सेल्सियस मापन भएको छ । त्यस्तै, पहाडी क्षेत्रमा ताप्लेजुङमा २६.७, लुम्लेमा २६.५, जिरीमा २६.६, जोमसोममा २३, ओखलढुंगामा २९.१, जुम्लामा २६.२ र डडेल्धुरामा २९.४ डिग्री सेल्सयस मापन भएको छ ।

तातो हावाको असर 
तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरू जस्तैः थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुन सक्ने देखिएकाले सोबाट बच्ने उपाय अपनाउन हुन अनुरोध छ ।

कसरी जोगिने ?
तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने (घाममा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक–पटक) पानी तथा झोल पदार्थ (जुस, सर्बत आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह लिने गर्नुपर्छ ।

पश्चिम तराईमा तापक्रम अझ बढ्न सक्छ : रोजन लामिछाने मौसमविद्
बिहार र पश्चिम बंगालमा रहेको मौसमी गतिविधिले पूर्वी नेपालमा तापक्रम धेरै बढ्न सकेको छैन । त्यहाँ बादल लाग्ने र पानी पर्ने भइरहेको छ । आगामी तीन दिन पनि यही गतिविधि रहने भएकाले तापक्रम खासै बढ्दैन ।

तर, पश्चिम नेपाल खासगरी लुम्बिनी र सुदूरपश्चिम सुक्खा छ, त्यही भएर तापक्रम बढेको हो । यी क्षेत्रमा यही अवस्थामा सुक्खा रहिरह्यो र वर्षा गराउने प्रणाली सक्रिय भएन भने तातो हावा पनि चल्न सक्छ । मधेशको पश्चिमी क्षेत्र, बागमती र गण्डकीमा पनि तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि नै छ । 

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब