मधेश आन्दोलनका सहिदकी आमाको रोदन: आफूलाई विपत्ति, अरूलाई सम्पत्ति

  • वैशाख १४, २०८२ | ४४८ पटक पढिएको | सीमा संदेश
alt

 लहान नगरपालिका–४ का लक्ष्मी सहनी र डोमनी सहनीकी छोरा विजय सहनी २०६३  सालमा लहानबाट सुरु भएको मधेश आन्दोलनमा सहादत भए । सहादत भएका छोराको वियोगमा रहेका सहनी दम्पती यतिबेला बिचल्लीमा परेका छन् । 

सहिद विजय सहनीका आमा डोमनी देवी सहनी दुःखेसो पोख्नुहुन्छ, “बुढेसकालको सहारा रहेको अविवाहित छोरा विजय सहनी मधेश आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर ढलेपछि संसार नै शून्य भयो । २०६४ वैशाख २४ गते  शान्ति तथा पुनर्निर्माण मन्त्रालयले लहानको आन्दोलनमा सहादत भएका पाँचै जनाको परिवारजनलाई १० लाख रुपियाँ दिएको  थियो । १० लाख रुपिया मैले पनि पाएँ । त्यो रकमले १८ कट्ठा जमिन खरिद गरँे । त्यतिबेला सस्तोमा खरिद गरिएको जग्गाअगाडि क्यान्सर अस्पताल निर्माण हुन थालेपछि अहिले त्यसको मूल्य आकासिएको छ । मूल्यवान् जग्गा देखेपछि आफन्त र साहुको पनि लोभ जाग्यो । १८ कट्ठा जमिनमा  मेरा देबर, जेठाजु गरी छ दाजुभाइले तीन कट्ठाका दरले हिस्साफाँट लिए । मेरो भागमा रहेको तीन कट्ठामध्ये  मिटरब्याजी साहु लहान–१ का नरसिंह गुप्ताले नै दुई कट्ठा हडप्यो । बाँकी रहेको एक कट्ठा छोरीको विवाहमा दाइजोमा सकियो । अहिले सुकुमवासी भएँ ।” डोमनीको पति लक्ष्मी सहनी छोराको वियोगमा मदिरा सेवन गरेर प्रायः बेहोस रहने गरेका छन् । डोमनी मजदुरी गरेर गुजारा गर्न बाध्य रहेको बताउनुहुन्छ । 

उहाँका देबर जेठाजुले हिंस्सा लिएको जग्गा अहिले धुरको तीन लाख रुपियामा बिव्रmी भइरहेको छ, त्यही जग्गा मिटरब्याजी साहुले एक लाख मूलधनको पाँच वर्षमा आठ लाख रुपियाँ बनाएर दृष्टिबन्धक गराएर हड्पिदियो । आँसु झार्दै डोमनी सहनी भन्नुहुन्छ, “छोरा मेरो मरे । सम्पत्ति देबर जेठाजु र मिटरब्याजी साहुले पाइयो । योभन्दा ठुलो अन्याय के नै होला ।” 

डोमनी र लक्ष्मी सहनीको न्यायका लागि छिमेकी रामप्रसाद साहु ८५ वर्षको उमेरमा समाजका अगुवासँग जनता समाजवादी पार्टीका उच्च तहका नेतासँग न्यायको गुहार गर्न दौडधुप गरेर थाकेपछि अदालतको ढोका ढकढक्याउन पुगेको बताउँदै एक वर्षभन्दा बढी उच्च अदालत राजविराज इजलासबाट कुनै सुनवाइ नहुँदा निकै पीडा महसुस भएको सुनाउनुभयो । उहाँले भन्नुभयो, “मधेश र मधेशी जनताको मुक्तिका लागि लड्दालड्दै सहादात प्राप्त गरेको विजय सहनीको आमाबुवासँग समेत न्याय भएन । सरकारले दिएको विजय सहनीका पाँच जना काका र मिटरब्याजी साहु गुप्ता लखपति भए । आफू खाकपति  । छोरा पनि गुम्यो सम्पत्ति पनि सकियो । योभन्दा अन्याय के नै हुन्छ ?” 

मानव अधिकारवादी राजकुमार राउतले मधेश आन्दोलनमा लहानमा सहादत भएका पाँचै जना सहिद परिवारमध्ये विजय सहनीको आमा र बुवा डोमनी सहनी र लक्ष्मी सहनीको अवस्था दयनीय भएको बताउनुभयो । ‘सहिद विजय सहनीका काकाले जग्गामा हिस्सा लिइनु र मिटरब्याजी साहुले एक लाख रकममा पचास लाखभन्दा बढी मूल्यको जग्गा हडप्नु जस्ता अन्यायमा समाज  र परिवारबाट न्याय नपाएको अवस्थामा अदालत र मधेश सरकारले न्याय गर्न न्यायिक कदम चाल्न आवश्यक रहेको उहाँको भनाइ छ । गोरखापत्र

गोलबजारमा आज दिनभरका लागि कर्फ्यु खुकुलो बनाइयो

जिल्ला प्रशासन कार्याल सिराहाले आज (आइतवार)  बिहान ...

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन

मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअ ...

संयुक्त हिन्दू मोर्चाले गृहमन्त्री सुदनलाई बुझायो

हिन्दूवादी संघसंगठनहरुले संयुक्त रुपमा बनाएको संयुक्त ह ...

दीपमाला ढकालले जितिन् मिस नेपाल २०२६ को उपाधि

दीपमाला ढकालले मिस नेपाल २०२६ को उपाधि जितेकी छन् । ललि ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब