सिरहा नगरपालिकाको सिरहा सदरमुकाममा आयोजना गर्न लागिएको सलहेश महोत्सव समय अनुकूल नभएको भन्दै जिल्ला प्रशासन कार्यालय सिरहाले रोकेका छन् ।
सिद्धबाबा एविजसन काठमाडौँ र सलहेश युवा क्लव सिरहाको संयुक्त साझेदारीमा मिति २०८२।०१।२६ गते देखि २०८२।०२।१६ गते सम्म आयोजना गरिने भनी तयारी सुरु गरिएको महोत्सव जिल्ला प्रशासन कार्यालय सिरहाले हालको अवस्थामा समय अनुकूल नरहेको भन्दै अनुमति दिन नसकिने भन्दै रोकेको हो ।
सिरहा सदरमुकाम बजार विकास रोकनन् राज्य नै लागि परेको हो भनी आज प्रमाणित भएको सलहेश युवा क्लवका अध्यक्ष राजिप यादबले बताए । यसै जिल्लाको लहान नगरपालिकामा महोत्वस गर्न समय प्रतिकुल हुने तर सिरहा सदरमुकाममा अनुकूल नहुनु प्रशासन माथि ठुलो प्रश्न खाडा भएको छ । अहिलेको अवस्थामा गाउँमा मनोरञ्जनका कार्यक्रमहरु गर्न कुनै चुनौती नरहेको तर सदरमुकामा के कस्ता चुनौतीहरु रहेका छन् भने विषयमा सदरमुकामवासी र स्थानीय सरकार पनि अनभिग्य छन् । प्रशासनले यस्ता सूचनाहरु लुकाई व्यवसायिलाई प्रभावित गर्ने गरी गैरजिम्मेवार हुनु आशंकाको घेर भित्र रहेको अध्यक्षले यादबले सीमा सन्देशलाई बताए
महोत्सव रोकेपछि सिरहा सदरमुकाममा सुरक्षा हिसाबले थ्रेट भएको भन्दै सामाजिक सञ्जालमा व्यवसायिहरुले पोष्ट गरेको सूचनाले नगरवासीलाई भैभित तथा सुरक्षा प्रति चिन्त बनाएका छन् ।

Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved