मौखिक आदेशमा भुक्तानी नदिँदा मेयरले अधिकृत कुटे

  • वैशाख २१, २०८२ | ५०८ पटक पढिएको | सीमा संदेश
alt

मधेश प्रदेश स्थित स्थानीय निकायमा कतिसम्म बेथिति बढेको छ भने त्यसको उदाहरण बारा जिल्लाको सिम्रौनगढ नगरपालिकाको अवस्थाले देखाइरहेको छ । जिल्लाको सिम्रौनगढका मेयरको मौखिक आदेशमा लाखौँको भुक्तानी नदिँदा प्रमुख प्रशासकीय अधिकृतलाई हातपात गरिएको घटना सार्वजनिक भएको छ ।

यसअघी मेयरको स्वार्थ पुरा नहुँदा त्यहाँका योजना प्रमुखलाई समेत मेयरका छोरा र समर्थकहरुले कुटपिट गरेका थिए । कानुन विपरीत बिना शीर्षक भुक्तानी नगरेपछि मेयर किशोरी साह कलवारले प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जयसवाललाई कुटपिट गरेको हो । गत १६ गते आदर्श कोतवाल गाउँपालिका कोतवाली चोकस्थित जानकी आयल उनकै निजी निवासमा मेयर कलवारले बोलाएर दुव्यबार गरेको अधिकृत जयसवालले बताए ।

मौखिक आदेशको भरमा कानुन विपरीत रकम भुक्तानी गर्न नमानेपछि मेयर कलवार र उनका समर्थकले हातपात गरेको पीडित अधिकृत जैसवालले दुःखेसो पोखेका छन् । कुटपिटको विषय लिएर प्रशासकीय अधिकृत जयसवालले जिल्ला प्रशासन कार्यालय, र जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दर्ता गराएका छन् । सो घटनाको विरोधमा सिम्रौनगढ नगरपालिकाका कर्मचारीहरु आन्दोलित भएका छन् । कर्मचारीहरूले नगरपालिकाको सम्पूर्ण सेवा ठप्प पारेका छन् ।

नगरपालिकाद्वारा प्रदान गरिने दैनिक काम लिएरजाने सेवाग्राहीहरु रित्तो हात फर्कन बाध्य भएका छन् । यस वर्ष लागेको विश्व प्रसिद्ध पञ्चवर्षीय गढीमाई मेलामा अतिथि सेवा लगायत नगरको सरसफाई शिर्षकमा कार्यपालिका बोर्डको बैठकले १० लाख रुपैयाँ छुट्याएको थियो । तर मेला शीर्षकमा मेयर कलवारले २७ लाख रुपैयाँ भुक्तानी गर्न पटक पटक दवाब दिँदै आएका थिए । त्यसैगरी बोर्डको बिना निर्णय वृक्षारोपण शीर्षकमा १५ लाख, सिम्रौनगढ ऐतिहाँसिक समारोह शीर्षकमा १० लाख र बाटो सरसफाईमा १९ लाख रुपैयाँ भुक्तानी गर्न मेयर कलवारले दवाब दिँदै आएको प्रमुख प्रशासकिय अधिकृत हरिओम जैसवालले बताएका छन् ।

गत १६ गते बिहान १० बजेदेखि मेयर कलवार र सिम्रौनगढ समारोह को अगुवा महिला ममता शर्मा पटक पटक फोन गरेर सरसल्लाह गर्न भनेर मेयरको निवासमा बोलाएका थिए । मेयरसंग छलफल गर्न उनको घरमा जाँदा ममता शर्माको १० लाख लगायत ७१ लाख रुपैयाँको भुक्तानी गर्न मेयर कलवारले पुनः दबाब दिएको थियो । मेला शीर्षकमा मात्र १० लाख रुपैयाँ छुट् याइएको छ भने कुनै शीर्षकको रकम छैन, बिना कानुनी प्रक्रिया पूरा गरी भुक्तानी कसरी दिने मैले जवाफ दिए पछि मेयर कलवार र उनका समर्थकले अन्धाधुन्ध कुटपिट गरेको अधिकृत जैसवालले बताए ।

सिम्रौनगढ नगरपालिकाकी उपमेयर नजमुसेहरले मेयर किशोरी प्रसाद कलवारको नगरपालिका सञ्चालन गर्ने मनसाय नै नरहेको आरोप लगाएकी छन् । मेयर कलवारले भ्रष्टाचार गर्न नगरका कर्मचारी लाई आफ्नो घरायसी नोकरको जस्तो व्यवहार गर्ने गरेको बताइन् । मेलाको लागि छुट्याइएको भन्दाबढी रकम प्रशासकिय अधिकृतले कसरी र कहाँबाट दिन्छ ।

सरसफाइमा नेपाल प्रहरी सशस्त्र प्रहरीलाई र केही अतिथिलाई पानी खुवाउन १९ लाख कसरी खर्च भयो उनको भनाइ छ भने जस्तै कानुन विपरीत भुक्तानी नदिएकै कारण मेयर र उनको समर्थकले प्रमुख प्रशासकीय अधिकृतलाई कुटपिट गरेको उपमेयर सेहरले दाबी गरिन् । कुटपिट पछि अधिकृत जैसवाल भाग्छ र मेयर कलवारले आफ्नो पाकेटका एकजना अधिकृत ल्याएर करोडौँ कुम्ल्याउने दाउमा रहेको उनले बताइन् ।

यसरी मेयर र उनका समर्थकले कुरा नमान्दा एकमहिना अघि योजना प्रमुखलाई समेत हातपात गरेको उपमेयर नजमु सेहरले बताइन् । मेयरका छोरा र उनको समर्थक योजना प्रमुख नन्दकिशोर साहसंग जथाभावी कार्यादेश मागेको र नदिएपछि अफिसको एकथान कम्प्युटर तोडफोड गर्नुका साथै कुटपिट गरेको उनले जानकारी दिएकी छन् ।

अधिकृत कलवारलाई कुटपिट गरी मेयर कलवार अर्को अधिकृत ल्याउन मन्त्रालय गएका छन् । तर अब बजेट कार्यान्वयन गर्न दुई महिना मात्र समय बाँकी छ । मेयरले नयाँ प्रमुख प्रशासकिय अधिकृत ल्याउँछ भने उनलाई नगरको गतिविधि बुझ्नै एक महिना लाग्छ यस्तोमा सबै रकम फ्रिज हुनुको विकल्प नभएको उपमेयर सेहरको भनाइ रहेको छ ।

केही दिन अघि जिल्ला समन्वय समितिका सभापतिको रोहवरमा असार मसान्तसम्म नगरको प्रमुख प्रशासकिय अधिकृतमा हरिओम जैसवाललाई रहनेछन् भने साउन महिनामा अर्को अधिकृत ल्याउने छलफल भएको थियो । तर जैसवालले भ्रष्टाचार गर्न जथाभावी भुक्तानी नदिएको कारण मेयरले मनपरी गरिरहेको उपमेयर सहरले खुलासा गरेकी छन् ।

नगर कार्यपालिका बोर्डमा रहेका २१ जना मध्ये २० जना आफूसँग भएपनी मेयर कलवार एक्लै आफ्नो निजी सम्पतिको जस्तो नगरको रकम लुट्न खोजेको उपमेयर सेहरले दाबी गरिन् । आफ्नो व्यक्तिगत स्वार्थपूर्तिका लागि प्रशासकीय अधिकृतलाई कुटपिट गर्ने मेयर कलवारविरुद्ध कडा कारबाहीको माग गर्दै नगरका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् ।

आन्दोलित कर्मचारीहरूले दोषीलाई कारबाही नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिए । मेयर किशोरी प्रसाद कलवारसंग प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आएनन् । सिम्रौनगढ नगरपालिकाको घटनाले स्थानीय निकायको बेथितिबारे पूर्ण रुपमा उजागर गरेको छ ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब