वैशाख २२ गते सोमबार यस्ताे छ तपाईँकाे राशिफल

  • वैशाख २२, २०८२ | २७४ पटक पढिएको | सीमा संदेश
alt

वि.सं.२०८२ साल वैशाख २२ गते । सोमबार । ईश्वी सन् २०२५ मे ५ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । उत्तरायणं । वसन्त ऋतु । श्रीशाके १९४७ । वैशाख शुक्लपक्ष । तिथि–अष्टमी,दिउसो १२ बजेर १९ मिनेट उप्रान्त नवमी । नक्षत्र–अश्लेषा, बेलुकी ६ बजेर २७ मिनेट उप्रान्त मघा । योग–गंड, बिहान ५ बजेर २५ मिनेट उप्रान्त वृद्धि । करण–बव, दिउसो १२ बजेर १२ मिनेट उप्रान्त बालव, रातको १२ बजेर १९ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–सौम्य योग । चन्द्रराशि–कर्कट  । काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर २४ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ३९ मिनेट । दिनमान ३३ घडी ९ पला ।

आजको बार बेला ।  

  • बिहान ५ बजेर २४ मिनेटसम्म  अमृत बेला ।
  • बिहान ५ बजेर २५ मिनेटदेखि बिहान ७ बजेर ४ मिनेटसम्म काल बेला ।
  • बिहान ७ बजेर ५ मिनेटदेखि बिहान ८ बजेर ४३ मिनेटसम्म शुभ बेला ।
  • बिहान ८ बजेर ४४ मिनेटदेखि बिहान १० बजेर २२ मिनेटसम्म रोग बेला ।
  • बिहान १० बजेर २३ मिनेटदेखि बिहान १२ बजेर १ मिनेटसम्म उद्वेग बेला ।
  • मध्यान्ह १२ बजेर २ मिनेटदेखि दिउसो १ बजेर ४१ मिनेटसम्म चर बेला ।
  • दिउसो १ बजेर ४२  मिनेटदेखि दिउसो ३ बजेर २० मिनेटसम्म लाभ बेला ।
  • दिउसो ३  बजेर २१ मिनेटदेखि बेलुकी ४ बजेर ५९ मिनेटसम्म अमृत बेला ।
  • बेलुकी ५ बजेर ० मिनेटदेखि बेलुकी ७ बजेर ५९ मिनेटसम्म चर बेला ।

नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

  • राहुकाल

बिहान ७ बजेर ७ मिनेटदेखि बिहान ८ बजेर ४५ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

  • ब्रहा मुहूर्त

बिहान ३ बजेर ४९ मिनेटदेखि बिहान ४ बजेर ३७ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

  • मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

माया प्रेममा अविश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाब बढ्ने योग रहेको छ । अन्य काममा व्यस्त हुँदा पढाइ लेखाइ कमजोर रहनेछ । कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरूले भनेजस्तो आम्दानी गर्न सक्नेछन् । समाजसेवामा नाम कमाउन अलि बढी नै संघर्ष गर्नु पर्नेछ । आफन्त तथा इस्ट मित्रसँग टाढिएर लामो यात्रा गर्नुपर्दा मनमा बेचैन बढ्नेछ ।

  • वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) 

सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् । माया प्रेममा सामीप्य बढेर जानेछ । अध्ययन अध्यापनमा प्रगति गरी गन्तव्य भेटाउन सकिनेछ । दाजुभाइ तथा छिमेकीहरूसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तसँग गरिने व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुने ग्रहयोग रहेको छ । उत्पादित उद्योग, सेयर बजार तथा व्यापारबाट रुपैयाँ पैसा कमाउन सकिनेछ ।

  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

विचारमा आउने परिवर्तनले राम्रा काम गर्न सकिनेछ । तपाईँको बोलीको सबैले कदर गर्नेछन् । व्यापार तथा वित्तीय क्षेत्रमा गरिएको लगानी फस्टाएर जाने तथा आर्थिक अवस्था सुदृढ हुनेछ । आफन्त तथा कुटुम्बसँग बसेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आफ्नो सञ्चित सम्पत्तिको प्रयोग गरी आम्दानीका स्रोतहरू फराकिला पार्न सकिनेछ । गीत सङ्गीतमा लाग्नेहरूका लागी समयले साथ दिनेछ ।

  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

बन्द व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ भने आस मारेको काम बन्नाले उत्साह जाग्नेछ।  एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। आफन्त तथा साथीभाइहरूको सहयोगमा विशेष योजनाहरू बन्नेछन्। छिमेकी तथा समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ ।

  • सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

लामो दूरीको यात्रा हुनेछ भने यात्राका क्रममा ध्यान दिनुहोला समय मध्यम रहेको छ । काम गर्दा नीति नियमको पालना नगर्दा दण्ड तथा जरिवाना हुन सक्छ ध्यान दिनुहोला । व्यापार व्यवसायमा कममात्र आम्दानी हुँदा आर्थिक क्षेत्र कमजोर रहनेछ । भौतिक सम्पत्ति तथा द्रव्य हराउन सक्छ ध्यान दिनुहोला । प्रेममा अविश्वास गर्नाले टाढिनु पर्ने हुन सक्छ । तर पनि विदेशी सामानको व्यापार भने फस्टाएर जानेछ ।

  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

मन परेको मानिसबाट चिट्ठा तथा उपहार पाइने हुँदा मन प्रफुल्लित हुनेछ । आफन्त तथा अग्रजबाट काममा सहयोग तथा उचित सल्लाह पाइनेछ । तरल पदार्थ तथा खनिज पदार्थको व्यवसाय फस्टाएर जानेछ भने आर्थिक अवस्था सुदृढ हुनेछ । पढाइ लेखाइमा भनेजस्तो सफलता प्राप्त हुनेछ । प्रणय सम्बन्धलाई विवाहमा परिणत गर्नको लागी आफन्तबाट आवश्यक कामहरू हुनेछन् ।

  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

विभिन्न ठाउँबाट कामका प्रस्तावहरू आउनेछन् भने प्रशस्त रुपैयाँ पैसा कमाउने योग रहेको छ । व्यस्तताका बाबजुद पनि उपलब्धिमूलक कामहरू गर्न सकिने ग्रहयोग रहेको छ । भनेको समयमा सामाजिक कामहरू बन्ने हुनाले छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा घर परिवारमा खुसीयाली छाउनेछ । माया प्रेममा सामीप्य बढेर जानेछ ।  वित्तीय क्षेत्रमा गरे लगानीबाट आम्दानी बढ्नेछ ।

  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

व्यवसायकै सन्दर्भमा लामो दूरीको व्यावसायिक यात्रा हुनेछ । यात्रा तथा पर्यटकीय व्यवसाय फस्टाएर जानेछ । धार्मिक तथा शैक्षिक क्षेत्रमा सहभागी भई उत्कृष्ट नतिजा हात लगाउन सकिनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । समयले साथ दिने हुनाले सानो प्रयत्नले राम्रा काम हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्र स्वतः स्फूर्त रूपमा अगाडी बढ्नेछ ।  

  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

व्यापारमा मनग्गे लाभ हुनेछ भने अकस्मात् आम्दानीमा वृद्धि हुनेछ । अध्ययनमा सुधार भएर जाने योग रहेको छ । स्वास्थ्यमा सामान्य समस्या आए पनि हल गर्दै अगाडि बढ्न सकिनेछ । दिदी बहिनीहरूको सहयोग पाइने हुँदा मन प्रसन्न रहनेछ । चिट्ठा तथा उपहार प्राप्तिको गतिलो योग रहेको छ । आम्दानीमा वृद्धि हुने हुँदा दैनिक जीवन सहज रूपमा जिउन सकिनेछ ।

  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

एकल तथा साझेदारी व्यापार व्यवसायमा लगानी गरी प्रशस्त नाफा कमाउन सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरू खुसी रहनेछन् । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामीप्य बढेर जानेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो हुनेछ ।

  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

व्यवसायमा लगानी बढाउँदा मनग्गे लाभ हुनेछ । प्रतिष्ठित व्यक्तिसँग प्रतिस्पर्धा गर्नु परे पनि अन्ततः तपाईँकै पक्षमा नतिजा आउँदा मन खुसी हुनेछ । रमाइलो यात्रा हुनेछ भने आफन्त तथा शुभचिन्तकसँगको भेटले उत्साह जगाउनेछ । प्रणय सम्बन्धमा विश्वास बढेर जाने तथा विवाह मार्फत सम्बन्धलाई लामो समयसम्म टिकाउन सकिनेछ । अध्ययनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ ।

  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

आफ्नो ज्ञानलाई सही समयमा प्रयोग गर्न सकिने हुँदा चुनौती पन्छाएर काम बनाउन सकिनेछ । बौद्धिकताको प्रतिस्पर्धामा तपाईँकै जित हुनेछ भने भनेजस्तो पारिश्रमिक पाउँदा मन प्रफुल्लित हुनेछ । मन परेको मानिसबाट उपहार तथा भौतिक सम्पत्ति पाउने योग रहेको छ । बैक तथा वित्तीय क्षेत्रसँग पेसाबाट भनेजस्तो लाभ लिन सकिनेछ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

ज्योतिषी दुर्गा प्रसाद भण्डारी ।

गोलबजारमा ज्यान गुमाएका यादवको शव प्रहरीले उठायो

सिरहा । सिरहाको गोलबजारमा बिहीबार दिउँसो प्रदर्शनका क्र ...

गोलबजार झडपका घाइते एक जनालाई धरान पठाइयो

सिरहा । गोलबजारमा बिहीबार दिउँसो भएको प्रदर्शनका क्रममा ...

गोलबजारको एबी मलमा सहित एक दर्जन घरमा आगजनी

सिरहाको गोलबजारमा आगजनी र तोडफोडका घटनाहरू बढ्न थालेका ...

गोलबजारमा गोली लागेका एक जनाको मृत्यु

सिरहा । सिरहामा भएको झडपका क्रममा गम्भीर घाइते भएका एक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब