मधेश प्रदेश सरकारले यही वैशाख २३ गते अर्थात् मंगलबार सार्वजनिक बिदा दिएको छ। मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै मंगलबार प्रदेशभर सार्वजनिक बिदा दिने जनाएको हो।
मंगलबार जानकी नवमी-सीता जयन्तीको अवसरमा उक्त बिदा दिने निर्णय भएको मन्त्रालयले जनाएको छ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved