अम्बेडकर पार्क अन्यत्र स्थानान्तरण गर्न माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन

  • वैशाख २९, २०८२ | ५८९ पटक पढिएको | सीमा संदेश
alt

सलहेस फूलबारी संरक्षण संघर्ष समितिले सलहेश फूलबारीनजिक निर्माण गर्ने भनिएको अम्बेडकर पार्क अन्यत्र स्थानान्तरण गर्न माग गरेको छ। मधेश प्रदेश सरकारले निर्माण गर्न लागेको ‘भीमराव अम्बेडकर पार्क’ अन्यत्र स्थानान्तरण गर्न माग गर्दै समितिले आइतबार नौबुँदे मागसहित मुख्यमन्त्री सतिशकुमार सिंहलाई ज्ञापनपत्र बुझाएको हो।

समितिले लोकनायक राजा सलहेस फूलबारीसँगै निर्माण गर्न लागिएको अम्बेडकर पार्क फूलबारी क्षेत्रबाहेक अन्यत्र कम्तीमा १० कट्ठा वा सोभन्दा बढी जग्गामा बनाउनुपर्ने माग गरेको छ। ज्ञापनपत्रमा सलहेस फूलबारीलगायत सम्बन्धित स्थानमा प्रतिकूल असर पर्ने अन्य कुनै किसिमको निर्माणमा पूर्ण रोक लगाइनुपर्ने, सलहेस फूलबारी, माणिक दह, पकडिया गढ र महिसोथा जोड्ने गरी सलहेस सर्किट निर्माण गरिनुपर्ने, सलहेससँग जोडिएको सम्पूर्ण अतिक्रमित क्षेत्रलाई स्पष्ट नक्सासहित सिमाङ्कन गरी सरकारी स्वामित्वको रूपमा अभिलेख गरिनुपर्ने उल्लेख छ। 

‘पासवान समुदायको धरोहरको नाताले राजा सलहेससँग जोडिएको सम्पूर्ण क्षेत्रको संरक्षण, प्रवर्द्धन र विकासका लागि सलहेस क्षेत्र संरक्षण विकास कोष गठन गरियोस्’ ज्ञापनपत्रमा भनिएको छ ‘लोक नायक सलहेससँग जोडिएको सम्पूर्ण क्षेत्रलाई आथिक वर्ष ०८२-८३ को योजनामा पर्यटन क्षेत्र विकासको रूपमा समावेश गरियोस्।’

ज्ञापनपत्रमा विद्यालय तथा विश्वविद्यालयस्तरको शैक्षिक पाठ्यक्रममा सलहेससम्बन्धी पाठ समावेश गरिनुपर्ने, हरेक वर्ष १ वैशाखमा सलहेस जयन्तीको रूपमा सार्वजनिक बिदा घोषणा, सलहेस फूलबारी क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गरिनुपर्ने माग गरिएको छ 

किन भइरहेको छ विरोध?  
१५ वैशाखमा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष तथा संघीय सांसद् डा. सिके राउत, मधेशका मुख्यमन्त्री सिंहसहित वन तथा वातावरणमन्त्री त्रिभुवन साहले प्रदेश सरकारको ८० लाख बजेटमा निर्माण हुने गरी सलहेस फूलबारीनजिकै अम्बेडकर पार्कको शिलान्यास गरेका थिए। यससँगै विरोध सुरु भएको हो।

पासवान समुदायले इष्टदेवताको रुपमा मान्दै आएका लोकनायक सलहेशको पौराणिक इतिहास मेटाउने गरी पार्क निर्माण गर्न खोजेको भन्दै विरोध सुरु भएको हो । पासवान समुदायले मागहरू बेवास्ता गरिए सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

शिलान्यास समारोहमा मुख्यमन्त्री सिंहले धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सलहेश फूलबारी क्षेत्रको विकासका लागि गुरुयोजनासहित प्रदेश सरकारले पार्क निर्माण योजना अघि बढाएको बताएका थिए । 

लहान नगरपालिका वडा नम्बर १२ र २२ मा पर्ने धार्मीक पर्यटकीय क्षेत्रको रुपमा रहेको फूलबारी क्षेत्र नजिकै अम्बेडकर जस्ता दलित आन्दोलनका महान् व्यक्तित्व मात्र नभई विश्वभरिका उत्पीडित तथा विभेदमा पारिएका वर्ग समुदायका आदर्शको नाममा पार्क बनाउँदा एउटा समुदायको धरोहरको ऐतिहासिकतालाई समाप्त पार्न खोजिएको पासवान समाजको गुनासो छ । 

१३औँ शताब्दीका राजा सलहेससँग जोडिएका सिराहाको माणिकदह, पकियागढ, सलहेस फूलबारी र सिराहा सदरमुकामस्थित महिसोथा प्रख्यात छ। चारवटै ठाउँमा हरेक नयाँ वर्षको १ वैशाखमा भव्य मेला लाग्ने गर्छ । १ वैशाखमा सलहेस फूलबारीमा लोकनायकको रूपमा पुजिने सलहेस र प्रेमिका मालिनीको प्रेम प्रतीकको रूपमा माला आकारको सुनाखरी फूल फुलेको हेर्न छिमेकी भारत र स्वदेशका हजारौँ मानिसको भिड लाग्ने गर्छ। 

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब