मालपोतका खरिदारसहित तीन जना घुससहित पक्राउ

  • जेठ १०, २०८२ | ५०६ पटक पढिएको | सीमा संदेश
alt

बाँके मालपोत कार्यालय कोहलपुरको मुद्दा फाँटमा कार्यरत खरिदार हरिचन्द्र पाण्डेसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्ने अन्यमा लेखापढी व्यवसायी शान्ति पुन र घनश्याम तिवारी छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित सम्पर्क कार्यालयको टोलीले शुक्रवार सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो।

प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार जग्गाको मोठ भिडाउने कार्यमा सहजीकरण गरिदिने भन्दै घुस मागिरहेको उजुरी परेपछि अख्तियारको टोली गएको थियो।

उनीहरूला कोहलपुर नगरपालिका-११ तिवारी रेष्टुरेन्टबाट पक्राउ गरिएको प्रवक्ता पौडेलले जानकारी दिए। यसबारे आरोपीसँग अनुसन्धान भइरहेको उनले बताए।  

सिरहामा ५ जना सहित सामाजिक सद्भाव बिथोल्ने ३९ जना

तराईका विभिन्न ६ जिल्लामा सामाजिक सद्भाव बिथोलेको आरोपम ...

मधेस घटना सुनियोजित भएको मधेसी नेताहरूको आरोप

मधेस केन्द्रित दलका शीर्ष नेताहरूले प्रधानमन्त्री बालेन ...

गणेश यादवका परिवार र सरकारबीच ७ बुँदे सहमति

सिरहा। सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको आन् ...

साउन १६ गते शनिबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १६ गते । शनिबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब