कमला नदीको पुल पुनर्निर्माण गर्न पहल गर्छु : गृहमन्त्री लेखक

  • जेठ १०, २०८२ | ४०३ पटक पढिएको | सीमा संदेश
alt

गृहमन्त्री रमेश लेखकले कमला नदीको पुल पुनर्निर्माण यथाशीघ्र गराउन आफूले पहल गर्ने बताएका छन् । कमला पुल निर्माणस्थल बसबिट्टामा शुक्रबार निरीक्षण गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

यो पुल निर्माणमा राज्यको कमजोरी भएको स्वीकार गर्दै लेखकले अहिलेको सरकार यसप्रति गम्भीर रहेको बताए । ‘यो पुल हुलाकी राजमार्गकै मेरुदण्ड हो, यसले यस क्षेत्रको जनजीवनमा कस्तो असर पारेको छ भन्ने कुरा मैले बुझेको छ,’ उनले भने, ‘यसमा राज्य चुकेकै हो, तर अहिलेको सरकार यसप्रति गम्भीर छ ।’

गृहमन्त्री लेखक २०७३ सालमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री हुँदा पनि कमला पुगेका थिए । त्यसक्रममा उनले अनुगमन गर्दै चाँडै नै पुल निर्माण सकेर सञ्चालन हुने बताएका थिए ।

कमलामा २०६८ जेठ ३१ देखि नै पुल निर्माण भइरहेको छ । तर, १४ वर्षसम्ममा पनि यो पुल बन्न सकेको छैन । पटक–पटक म्याद थप भएर निर्माणको अन्तिम चरणमा पुगेको यो पुल ०७८ असार १७ मा सामान्य बाढी थेग्न नसकी भासिएको थियो । पुल भासिएपछि पुनः पुनर्निर्माण थालिए पनि अहिलेसम्म पुलको दुवै तर्फको पाया मात्र ठड्याइएको छ ।

मधेशमा अपराधको मुख्य जड बन्यो लागूऔषध

जनकपुरधाममा सङ्घीय र प्रदेश गृह मन्त्रालयद्वारा आयोजित प्रदेश स्तरीय सुरक्षा गोष्ठीको समुद्घाटन गर्दै उनले लागूऔषध अपराधको मुख्य जड बढेको बताए । अपराध न्यूनीकरण गर्न लागूऔषध नियन्त्रण जरुरी भएको उनले बताए ।

‘लागूऔषधकै कारण देशमा सवारी दुर्घटना, आत्महत्या र साइबर क्राइम बढेको छ, गृहमन्त्री लेखकले भने, ‘यो सबै अपराधको जड नै लागूऔषध छ । लागूऔषध नियन्त्रण जरुरी छ ।’

उनले नेपाल भौगोलिक रूपमा विपद्को जोखिममा रहेको उल्लेख गर्दै सुरक्षाको योजना अपरिहार्य रहेको बताए । उनले भने, ‘भूकम्प जति वेला पनि आउन सक्छ । मौसम अनुसार बाढी पहिरो आउँछ । कटान, लु, लेक, आगलागीको सबै खालको जोखिम छ यहाँ । त्यसैले हरहमेशा तयारी अवस्थामा रहन सक्नुपर्छ ।’

सो गोष्ठीमा मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रहरी प्रशासन प्रदेश मातहत ल्याउन ढिलाइ भइरहेकोप्रति गृहमन्त्रीको ध्यानाकर्षण गराए । उनले प्रहरी प्रशासन प्रदेश मातहत नरहेकाले शान्ति प्रदेशको सुरक्षा कायम राख्न समस्या भइरहेको गुनासो गरे ।

गोष्ठीमा नेपाली सेनाका उपरथी निर्मल कुमार थापा, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, नेपाली सेना मधेश महोत्तरीको बर्दिवासस्थित मध्यपूर्वी पृतनाका पृतनापति कृष्णबहादुर जिसी तथा मधेसका आठै जिल्लाका सुरक्षा अधिकारी सहभागी छन् ।

गोलबजारमा आज दिनभरका लागि कर्फ्यु खुकुलो बनाइयो

जिल्ला प्रशासन कार्याल सिराहाले आज (आइतवार)  बिहान ...

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन

मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअ ...

संयुक्त हिन्दू मोर्चाले गृहमन्त्री सुदनलाई बुझायो

हिन्दूवादी संघसंगठनहरुले संयुक्त रुपमा बनाएको संयुक्त ह ...

दीपमाला ढकालले जितिन् मिस नेपाल २०२६ को उपाधि

दीपमाला ढकालले मिस नेपाल २०२६ को उपाधि जितेकी छन् । ललि ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब