सिरहा, सिरहा नगरपालिकामा अख्तियारको टोलीले सोमवार छापा मारेको हाल्ला मात्र रहेको प्रमुख प्रशासकीय अधिकृत मोहम्मद इद्रिस राईनले बताएको छ ।
नगरपालिका विरुद्ध केही योजना माथि अख्तियारमा उजुरी परेकोले पूर्व निर्धारित तालिकाको आधारमा अख्तियार टोलीले फिल्ड भिजित गर्ने उदेश्यले मात्र नगरपालिका प्रवेश गरको छ । तालिकाकै आधारमा उजुरी परेको फिल्ड भिजित गरेर टोली फर्केको हो । पालिकाबाट कुनै कागजात नियन्त्रणमा नलिएको र छापा मारेको जस्ता भ्रमित समाचार हल्ला समाजिक सञ्जाल मार्फत चलाएको अधिकृत राईनले बताए ।
यता अख्तियारका सूचना अधिकारीका अनुसार, केही योजनाहरूको स्थलगत निरीक्षण पनि गारिएको अख्तियारले जनाएको छ। नगरपालिकाविरुद्ध अख्तियारमा उजुरी परेको छ । सोही उजुरीका आधारमा आवश्यक कुरा बुझ्न अख्तियारको टोली नगरपालिका पुगेको हो ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved