माैसम पूर्वानुमान: यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • जेठ १७, २०८२ | ४०१ पटक पढिएको | सीमा संदेश
alt

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागहरुमा आंशिक बदली देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा देखी आंशिक बदली रहेको छ ।गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन-चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। कोशी प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेश लगायत देशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। राती भने कोशी प्रदेश र मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ। कोशी प्रदेश र मधेश प्रदेशको केही स्थानहरू तथा देशको पहाडी भू-भागका थोरै स्थानहरू र बाँकी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र मधेश प्रदेशको एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

देशको उच्च पहाडी तथा हिमाली भू-भागका ‍एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सो को असरबाट बच्न आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

ब्यारेजदेखि इटहरीसम्म कफ्र्यु

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई ...

बुवा र छोराको मिलेमतोमा अनियमितता !

सिरहाको सुखीपुर नगरपालिका अन्तर्गत रहेको नगर अस्पतालका ...

आज गुरु पूर्णिमा र व्यास जयन्ती: गुरुप्रति सम्मान

आषाढ शुक्ल पूर्णिमाका दिन आज देशभर गायत्री, दीक्षा, वेद ...

भरियो अख्तियारको हिरासत

घुससहित पक्राउ परेका कर्मचारीले अख्तियार दुरुपयोग अनुसन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब