आफ्ताव आलमलाई के भएको हो? यस्तो भन्छ अस्पताल प्रशासन

  • जेठ १७, २०८२ | ३५० पटक पढिएको | सीमा संदेश
alt

गत बुधबार मात्रै जेलमुक्त भएका नेपाली कांग्रेसका नेता मोहम्मद आफताब आलमलाई मस्तिष्कघात भएको छ।

आलमलाई मस्तिष्कघात भएपछि उपचारका लागि अन्नपूर्ण न्युरो अस्पतालमा भर्ना गरिएको र उनको अहिले आइसीयूमा राखेर उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ।

अस्पतालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै जेष्ठ १६ का दिन बिहान करिब ७:०० बजे पूर्वमन्त्री आलमलाई अचानक बोली अस्पष्ट र शरीरको एक भाग कमजोर भएको लक्षण देखिएर अस्पतालको आकस्मिक कक्षमा ल्याइएको बताएको हो।

अस्पताल आएपछि उनको शारीरिक रगत तथा एम.आर.आइ जाँच पश्चात उनलाई मस्तिष्कघात (Acute ischemic Stroke) देखिएर तुरुन्तै tPA (Tissue Plasminogen Activator) औषधि दिएर उपचार गरिएको अस्पतालले जनाएको छ। तत्पश्चात उनको स्वास्थ्यमा क्रमिक सुधार आएको र हाल उनी अस्पतालको आइ.सि.यु विभागमा विषेशज्ञ स्नायु चिकित्सकको निगरानीमा उपचाररत रहेको जानकारी विज्ञप्तिमार्फत दिइएको छ।

रौतहटमा भएको बम विस्फोट कसुरमा जिल्ला अदालतले जन्मकैदको फैसला गरिएका उनलाई उच्च अदालतले सफाइ दिएको थियो। आलम बुधबार साँझ ललितपुरस्थित नख्खु कारागारबाट रिहा भएका थिए। 

गोलबजारमा आज दिनभरका लागि कर्फ्यु खुकुलो बनाइयो

जिल्ला प्रशासन कार्याल सिराहाले आज (आइतवार)  बिहान ...

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन

मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअ ...

संयुक्त हिन्दू मोर्चाले गृहमन्त्री सुदनलाई बुझायो

हिन्दूवादी संघसंगठनहरुले संयुक्त रुपमा बनाएको संयुक्त ह ...

दीपमाला ढकालले जितिन् मिस नेपाल २०२६ को उपाधि

दीपमाला ढकालले मिस नेपाल २०२६ को उपाधि जितेकी छन् । ललि ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब