सिरहा मालपोतका कर्मचारीको घरबाट कार्यालयको महत्त्वपूर्ण कागजात बरामद

  • जेठ ३०, २०८२ | ५९८ पटक पढिएको | सीमा संदेश
alt

सिरहा मालपोत कार्यालयमा कार्यरत कार्यालय सहयोगी राजकुमार रायले भाडामा लिएको घरमा अवैध रूपमा राखिएको मालपोत कार्यालयको महत्त्वपूर्ण कागजातहरू प्रहरीले बरामद गरेको छ।

सिराहा नगरपालिका– ७ मा रहेको एक घरमा कार्यालय सहयोगी रायले लुकाएर राखेको मालपोत कार्यालयका विभिन्न कागजात प्रहरी टोलीले बरामद गरेको हो। 

प्रहरी निरीक्षक आकाश उप्रेतीको नेतृत्वमा खटिएको टोलीले अनुसन्धानको क्रममा रायले अवैध रूपमा लुकाएर राखेको मालपोत कार्यालयको पुरानो स्रेस्तालगायतका कागजातहरू बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डिएसपी वीरेन्द्रकुमार पासवानले बताए।

रायले मालपोतको स्रेस्ता आफ्नो घरमा लुकाएर राखेको गुनासो यसअघि पटकपटक प्रहरीमा पुगे पनि प्रहरीले बरामद गर्न सकेको थिएन।

कार्यालय सहयोगी पक्राउ पछि खुल्यो कागजातको रहस्य

 एक युवतीसँगै सोही घरमा रहेको वेला बिहीबार दिउँसो कार्यालय सहयोगी राय पक्राउ परेका थिए। उनकी पत्नी सुमिता रायले विवाहेत्तर सम्बन्ध राखी आफूलाई मानसिक यातना दिएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन्।

प्रहरीले रायसँगै एक युवतीलाई पनि पक्राउ गरी अनुसन्धान अघि बढाएको डिएसपी पासवानले बताए। युवतीसँगै पक्राउ परेपछि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाउँदा पुरानो स्रेस्तालगायतका कागजातहरू बरामद भएको हो।

सिराहाको बरियारपट्टी गाउँपालिका– ३ घर भएका रायका दुई छोरा र दुई छोरी छन्। मालपोत कार्यालय सिराहामा स्थायी रूपमा कार्यरत कार्यालय सहयोगी राय मालपोतको स्रेस्ताहरूको महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका थिए।

आर्थिक लेनदेन भएपछि हराएको वा पुरानो स्रेस्ताहरू खोजेर दिने गरेका थिए। आफूसँग राखेका कागजात रकमको लेनदेन नमिल्दा वर्षौँसम्म सेवाग्राहीलाई रित्तै फर्काउने र झुलाउने गरेको लेखापढी कानुन व्यवसायीहरूले बताएका छन्।

राय नेकपा एमालेनिकट नेपाल कर्मचारी संगठनको जिल्ला अध्यक्षसमेत हुन्। उनी नेकपा एमालेका मधेश प्रदेश इन्चार्ज एवं पूर्वमन्त्री लीलानाथ श्रेष्ठका निकट रहेको जानकारहरू बताउँछन्। यसअघि पनि पक्राउ परेका रायलाई पूर्वमन्त्री श्रेष्ठ र एमालेको जिल्ला तहका शीर्ष नेताहरूको दबाबमा छाडिएको प्रहरी स्रोतले जनाएको छ।

गोलबजारमा आज दिनभरका लागि कर्फ्यु खुकुलो बनाइयो

जिल्ला प्रशासन कार्याल सिराहाले आज (आइतवार)  बिहान ...

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन

मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअ ...

संयुक्त हिन्दू मोर्चाले गृहमन्त्री सुदनलाई बुझायो

हिन्दूवादी संघसंगठनहरुले संयुक्त रुपमा बनाएको संयुक्त ह ...

दीपमाला ढकालले जितिन् मिस नेपाल २०२६ को उपाधि

दीपमाला ढकालले मिस नेपाल २०२६ को उपाधि जितेकी छन् । ललि ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब