असार २ गते सोमबार,यस्तो छ तपाईंको राशिफल

  • असार २, २०८२ | ४८८ पटक पढिएको | सीमा संदेश
alt

वि.सं.२०८२ साल अषाढ २ गते । सोमबार । इस्वी सन् २०२५ जुन १६ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । उत्तरायणं । ग्रिख्म ऋतु । श्रीशाके १९४७ । आषाढ शुक्लपक्ष ।

तिथि–पञ्चमी, २० घडी ५७ पला, दिउसो १ बजेर ३२ मिनेट उप्रान्त षष्ठी । नक्षत्र–धनिष्ठा, ४६ घडी २४ पला, बेलुकी ११ बजेर ४३ मिनेट उप्रान्त शतभिषा । योग– वैधृती, १३ घडी २० पला, बिहान १० बजेर ३० मिनेट उप्रान्त विष्कुम्भ ।

करण–तैतिल, दिउसो १ बजेर ३२ मिनेट उप्रान्त गर, रातको १२ बजेर ५८ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–शुभ योग । चन्द्रराशि–मकर, बिहान ११ बजेर ५५ मिनेट उप्रान्त कुम्भ । काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर १० मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ५९ मिनेट । दिनमान ३४ घडी ३४ पला ।  

आजको बार बेला । 

  • बिहान ५ बजेर १० मिनेटसम्म अमृत बेला ।
  • बिहान ५ बजेर ११ मिनेटदेखि बिहान ६ बजेर ५३ मिनेटसम्म काल बेला ।
  • बिहान ६ बजेर ५४  मिनेटदेखि बिहान ८ बजेर ३७ मिनेटसम्म शुभ बेला ।
  • बिहान ८ बजेर ३८ मिनेटदेखि बिहान १० बजेर २१ मिनेटसम्म रोग बेला ।
  • बिहान १० बजेर २२ मिनेटदेखि बिहान १२ बजेर ५ मिनेटसम्म उद्वेग बेला ।
  • मध्यान्ह १२ बजेर ६ मिनेटदेखि दिउसो १ बजेर ४८ मिनेटसम्म चर बेला ।
  • दिउसो १ बजेर ४९ मिनेटदेखि दिउसो ३ बजेर ३२ मिनेटसम्म लाभ बेला ।
  • दिउसो ३  बजेर ३३ मिनेटदेखि बेलुकी ५ बजेर १६ मिनेटसम्म अमृत बेला ।
  • बेलुकी ५ बजेर १७ मिनेटदेखि बेलुकी ८ बजेर १६ मिनेटसम्म चर बेला ।

नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

  • राहुकाल

बिहान ६ बजेर ५३ मिनेटदेखि बिहान ८ बजेर ३७ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

  • ब्रहा मुहूर्त

बिहान ३ बजेर ३४ मिनेटदेखि बिहान ४ बजेर २२ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

  • मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) खनिज पदार्थ तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । मन पर्ने मायालुका साथ दिनभर समय व्यतीत गर्न सकिनेछ । पैतृक सम्पत्तिको प्रयोग तथा परिचालन गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । अग्रजहरूको सहयोगमा सवारी साधन तथा भौतिक सम्पत्ति प्राप्त हुनेछ । प्रेमको डोरो कसिलो भएर जानेछ । सेयर बजार तथा अनलाइन व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।
  • वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) राजनीति तथा समाजसेवामा जनताको समर्थनले राम्रा काम गर्न सकिनेछ । व्यापार र सेयर बजारमा लगानी बढाइ प्रशस्त आम्दानी गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकीकरण गरी लाभ लिन सकिनेछ । माया प्रेमको गाँठो कसिलो भएर जानेछ । पढाइ लेखाइमा सहपाठीहरूलाई पछि पार्दै नतिजा आफैतिर ल्याउन सकिनेछ ।
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बिहानको समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या आई सुरु गरेका कामहरू सम्पादन गर्न सकिने अवस्था रहने छैन भने सहयोग गर्ने भन्दा आश्वासन बाँड्नेहरू धेरै भेटिनेछन् । मध्यान्हबाट समय राम्रो रहेकोले आफन्त तथा अग्रजहरूको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । नयाँ काम पाउने तथा सुगम स्थानमा स्थानान्तरणको बलियो सम्भावना रहेको छ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । धार्मिक पुस्तक अध्ययन गरी बौद्धिक क्षेत्र फराकिलो बनाउन सकिनेछ ।
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिहानको समय राम्रो रहेकोले व्यापार व्यवसाय फस्टाएर जानेछ । पढाइ लेखाइमा प्रतिस्पर्धी हरूलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ । आफन्त तथा सहपाठीहरूबाट सुनिने शुभ समाचारले उत्साह जगाउनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । मध्यान्हबाट समय मध्यमय रहेकोले भौतिक सम्पत्ति तथा विलासी वस्तुका प्रयोग गर्दा ध्यान दिनुहोला । आफन्तबाट नै धोका पाइनेछ ।
  • सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) जीवनसाथीको सहयोगले राम्रा तथा उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । सेयर बजार तथा व्यापार फस्टाएर जानेछ भने व्यापारकै सिलसिलामा लामो दूरीको यात्रा हुनेछ । अध्ययन अध्यापनमा मन जाने तथा खोजीमूलक क्षेत्रबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । सवारी साधन तथा विलासी सामान हात लागी हुने योग रहेको छ ।
  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)  उपहार तथा भौतिक सम्पत्ति हात लागी हुने योग रहेको छ । अध्ययनमा मन जाने तथा अध्ययन कै सवालमा यात्रा हुनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यापारबाट भनेजस्तो आम्दानी हुनेछ । नोकरीमा हुने प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । मामा तथा मावली पक्षबाट भनेजस्तो सहयोग पाइने हुनाले मन प्रसन्न हुनेछ । प्रेमको गाँठो कसिलो भएर जानेछ ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) बिहानको समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या देखिन सक्छ । कार्यक्षेत्रमा समर्थन गर्नेभन्दा आलोचना गर्नेहरू सक्रिय हुनेछन् । मध्यान्हबाट समय राम्रो रहेकोले अध्ययनमा मन जानेछ भने अध्ययनकै सिलसिलामा लामो दूरीको यात्रा हुनेछ । व्यापार र वित्तीय क्षेत्रमा लगानी बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ ।
  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) बिहानको समय राम्रो रहेकोले व्यापारमा लगानी बढाई मनग्गे आम्दानी हुनेछ । खेलकुद तथा पराक्रमी क्रियाकलापमा भाग लिने अवसर जुर्ने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्यम रहेकोले पढाइमा मन लाग्नेछैन । आफन्त तथा आमासँग टाढिएर यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । घरजग्गा सम्बन्धी कारोबारमा मन्दी आउनाले आम्दानीमा कमी आउनेछ ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापार व्यवसायमा थोरै समय दिँदा पनि मनग्गे आम्दानी गर्न सकिनेछ । विवादित विषयहरू हल भएर जानेछन् भने न्यायिक निर्णयहरू तपाईँकै पक्षमा आउनेछ । अध्ययन अध्यापनमा मन जाने हुनाले अरूभन्दा उत्कृष्ट नतिजा हासिल गर्न सकिनेछ । मन परेको मानिससँग छोटो तथा रमाइलो यात्राको तय गर्न सकिने तथा स्वादिष्ट भोजनमा रमाउन सकिनेछ ।
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापारमा लगानी गरी आर्थिक क्षेत्र बलियो बनाउन सकिनेछ । पहिले लगानी गरेका रकमहरू उठ्ने हुनाले मन प्रसन्न हुनेछ । आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तको सहयोगले हरेक क्षेत्रमा प्रगति गर्न सकिनेछ । रमाइलो जमघटमा सामेल भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रयत्न गर्दा भइपरी आउने समस्याहरू सहजै समाधान हुनेछ ।
  • कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) बिहानको समयमा लामो दूरीको यात्रा तथा विदेशसँग सम्बन्धित कामहरू हुनेछन् । विदेशी  सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ । मध्यान्हबाट समय राम्रो रहेकोले सामाजिक काम गरी नाम कमाउन सकिनेछ । व्यापार वा सेयर बजारमा नयाँ लगानी थप्न सकिनेछ । इमान्दार तथा लगनशील भएर लाग्नाले ठुलो उपलब्धि हासिल गर्न सकिनेछ ।
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बिहानको समय राम्रो रहेकोले व्यापारमा समय लगानी गर्नेहरूका लागी समय राम्रो रहेको छ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसायमा समय दिनुपर्ने हुनसक्छ । मध्यान्हबाट पढाइ लेखाइमा मन नजाँदा भनेजस्तो नतिजा हात पर्न सकिनेछैन । काम गर्दा वा सवारी चलाउँदा ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुन सक्छ । स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेको छ ।

तपाईँको दिन शुभ रहोस् ।

बलिवुड अभिनेत्री दिशा पाटनीको फिटनेस र ‘शाही पानी’

बलिवुड अभिनेत्री दिशा पाटनी आफ्नो उत्कृष्ट फिटनेस र सुन ...

औषधीय प्रयोजनका लागि गाँजा खेती गर्न सर्वोच्चको पर

सर्वोच्च अदालतले औषधीय, वैज्ञानिक, कृषि तथा औद्योगिक प् ...

स्थानीय तह निर्वाचनको तया

आगामी स्थानीय तहको निर्वाचनको मिति तय नहुँदै विभिन्न रा ...

ध्वनि प्रदूषणको प्रतिस्पर्धाले समाजमा फैलिँदै असन्

घटना १ :  १० साउन ०८३ मा सुनसरीको देवानगन्ज ग ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब