लहान नगरपालिकाले ल्यायो एक अर्ब ६७ करोडको बजेट

  • असार ७, २०८२ | ४१८ पटक पढिएको | सीमा संदेश
alt

सिरहा। यहाँको लहान नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि रु एक अर्ब ६७ करोड ९५ लाख २८ हजारको बजेट सार्वजनिक गरेको छ ।

नगरप्रमुख महेशप्रसाद चौधरीले शुक्रबार नगरसभाको १६औँ अधिवेशनमा प्रस्तुत चालुतर्फ रु ७९ करोड ४० लाख अर्थात ४७.२८ प्रतिशत र पुँजीगततर्फ रु ८८ करोड ५५ लाख २८ हजार अर्थात कूल बजेटको ५२.७२ प्रतिशतको बजेट प्रस्तुत गरेका हुन् ।
यसअन्तर्गत शिक्षातर्फ रु २३ करोड ५८ लाख, स्वास्थ्यतर्फ रु २७ करोड ९३ लाख, कृषितर्फ रु आठ करोड ६६ लाख र पूर्वाधारतर्फ रु ५० करोड विनियोजन गरिएको नगरप्रमुख चौधरीले जानकारी दिए। 

नगरपालिकाको आन्तरिक आय रु २५ करोड हुने अनुमान गरिएको छ । सार्वजनिक नीति तथा कार्यक्रम र बजेटमा नगरप्रमुख महेशप्रसाद चौधरीले ‘हाम्रो लहान–सुन्दर, समुन्नत र सभ्य लहान’ निर्माणको नारालाई मूलमन्त्रका रूपमा अगाडि सारिएको बताए । 

नगरप्रमुख चौधरीले आफू निर्वाचित भए यता विगत तीन वर्षमा पूर्वाधार एवं सहरी विकास, कृषि तथा सिँचाइ, शिक्षा तथा स्वास्थ्य, पर्यटन तथा रोजगार र लागुपदार्थ दुव्र्यसन विरुद्ध विशेष फड्को मारेको जिकिर गरे । उनले आगामी बाँकी दुई वर्षे कार्यकालमा थप तथा नवीनतम कार्यहरु गर्ने लक्ष्य राखी आर्थिक विकास तथा गरिबी निवारणमा प्रत्यक्ष योगदान पुर्‍याउन स्थानीय उत्पादनलाई बढावा दिनेगरी बजेटमा समेटिएको जानकारी दिए ।

सिरहामा हवाई फायर गरेर लागुऔषध कारोबारी पक्राउ

सिरहामा प्रहरीले हवाई फायर गरेर लागुऔषध कारोबारीलाई पक् ...

कार्तिक १२ गते बिहीबार ,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल कार्तिक १२ गते । बिहीबार । ईश्वी सन् २०२ ...

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब