वर्षायाममा स्मार्टफोन जोगाउने १० टिप्स

  • असार १८, २०८२ | ५०१ पटक पढिएको | सीमा संदेश
alt

वर्षाको मौसम चलिरहेको छ। त्यसैले यस्तो बेला अफिस वा बाहिर जाँदा अचानक पानी पर्न सक्छ। पानी परेको बेला भिजेको हातले मोबाइल प्रयोग गर्नु केवल कठिन मात्र होइन, खतरनाक पनि हुन सक्छ। त्यसोभए वर्षाको मौसममा आफ्नो स्मार्टफोनलाई कसरी सुरक्षित राख्ने त ? यी हुन् १० टिप्स :

१. वाटरप्रुफ कभर वा केस प्रयोग गर्नुहोस्

वर्षा याममा फोन सुरक्षित राख्न सबैभन्दा प्रभावकारी उपाय हो- राम्रो गुणस्तरीय तथा वाटरप्रुफ अर्थात् पानी नछिर्ने मोबाइलको खोल प्रयोग गर्नु । बजारमा फोनको मोडल अनुसार विभिन्न वाटरप्रुफ फोन कभरहरू उपलब्ध छन्, जसले पानी, हिलो, धुलो आदिबाट फोनलाई बचाउँछ।

२. प्लास्टिकको थैली वा जिप-लक ब्याग प्रयोग गर्नुहोस्

यदि तपाईं आफ्नो फोनलाई पानीबाट जोगाउने सस्तो र छिटो उपाय खोज्दै हुनुहुन्छ भने पारदर्शी प्लास्टिकको जिप–लक ब्यागभित्र फोनलाई सुरक्षित राख्न सक्नुहुन्छ। फोनमा यदि वाटरप्रुफ कभर छैन भने त्यस्तो बेला प्लास्टिकको थैली वा जिप लक ब्याग उपयोगी हुन्छ । फोनलाई प्लास्टिकको थैलीभित्र राखेरै पनि स्क्रिन चलाउन सकिन्छ ।

३. ब्लुटुथ हेडफोन वा इयरफोनको प्रयोग गर्नुहोस्

बाहिर वर्षा परिरहेको बेला फोनलाई हातमा निकालेर कुरा गर्दा फोनमा पानी पर्ने र भिज्ने जोखिम हुन्छ । यस्तो अवस्थामा ब्लुटुथ हेडसेट वा इयरफोन प्रयोग गर्नु बुद्धिमानी हुनेछ। यसो गर्दा फोन गोजी वा ब्यागबाट बाट झिक्नु पर्दैन र त्यो पानीले भिज्ने डर पनि हुँदैन ।

४. फोनलाई झोला वा ज्याकेटको सुरक्षित भागमा राख्नुहोस्

यदि तपाईंसँग छाता वा कुनै ओत छैन र वर्षात्को पानीमा भिज्नुपर्नेछ भने त्यस्तो बेला आफ्नो पाइन्टको खल्तीमा फोन राख्दा फोनभित्र पानी छिर्न सक्दछ । यस्तोमा फोनलाई वाटरप्रुफ झोला वा रेनकोट/ज्याकेटको भित्री खल्तीमा राख्नुपर्छ, जहाँ पानी जान सक्ने सम्भावना कम हुन्छ।

५. राम्रो गुणस्तरको स्क्रिन प्रोटेक्टर लगाउनुहोस्

फोनको टचस्क्रिनमा पानी लाग्दा त्यसले काम नगर्न सक्छ वा खराब हुन सक्छ। स्क्रिन सुरक्षित राख्न टेम्पर्ड ग्लास वा स्क्रिन प्रोटेक्टर लगाउनुहोस्। यसले स्क्रिनमा सिधा असर नपुग्ने बनाउँछ र स्क्रयाच वा पानीका थोपाबाट जोगाउँछ।

६. फोन भिजेमा तुरुन्त स्विच अफ गर्नुहोस्

यदि कुनै कारणवश तपाईंको फोन पानीमा भिज्यो भने तुरुन्तै स्विच अफ गर्नुहोस्। फोन चालु हुँदा भित्र पानी पस्यो भने सर्ट सर्किट हुने जोखिम अत्यधिक हुन्छ, जसले फोन पूर्णरूपमा नष्ट हुन सक्छ। स्विच अफ गरेपछि फोनलाई हल्का कपडाले पुछ्नुहोस् र सुकाउने प्रक्रिया सुरु गर्नुहोस्।

७. फोनलाई चामल वा सिलिका जेलमा राख्नुहोस्

भिजेको फोनलाई सुकाउनको लागि सबैभन्दा लोकप्रिय घरेलु उपाय हो–चामलको बट्टामा घुसाएर राख्ने। चामलले फोनको आद्रता सोस्ने भएकाले फोनभित्रको पानीलाई हटाउन सहयोग पुर्‍याउँछ। साथै यदि तपाईंसँग सिलिका जेलको प्याकेट (जो नयाँ जुत्ता वा झोलामा आउने गर्छ) छ भने, त्यसमा फोन राख्दा अझ प्रभावकारी रूपमा फोनलाई सुख्खा बनाउने काम गर्दछ ।

८. फोन सुख्खा नहुँदासम्म चार्ज नगर्नुहोस्

फोन भिजेको अवस्थामा त्यसलाई तुरुन्त चार्ज गर्नु धेरै खतरनाक हुन्छ। पानीले फोनको चार्जिङ पोर्टमा असर पुर्‍याएको हुन सक्छ, जसले गर्दा चार्ज गर्दा सर्ट सर्किट हुन सक्छ। फोन पूरै सुकिसकेको तथा हावा वा पंखाको सहयोगले राम्रोसँग सुकाइसकेको अवस्थामा मात्र चार्ज गर्नुहोस्।

९. महत्वपूर्ण डाटा क्लाउडमा ब्याकअप राख्नुहोस्

वर्षायाममा फोन हराउने वा बिग्रिने सम्भावना बढी हुन्छ। यस्तोमा तपाईंको फोटो, भिडियो, कागजात जस्ता महत्वपूर्ण फाइलहरू नष्ट हुनसक्ने खतरा हुन्छ । त्यसैले Google Drive, iCloud, OneDrive आदि जस्ता क्लाउड सेवा प्रयोग गरेर तपाईंले आफ्नो फोनका डाटाको नियमित ब्याकअप राख्नुपर्छ। यसले फोन हराए पनि तपाईंको डाटा सुरक्षित रहन्छ।

१०. फोनको बीमा तथा वारेन्टी

फोन खरिद गर्दा बिक्रेतासँग त्यसको विमा तथा वारेन्टीका बारेमा बुझ्नुहोस् र त्यो एकीन गरी त्यस्तो सुविधा भएमा लिन नभुल्नुहोस् । यसो गर्नुभयो भने तपाईंको फोन भिज्ने, बिग्रिने वा चोरी हुने अवस्थामा तपाईंलाई आर्थिक राहत प्राप्त हुन्छ।

गोलबजारमा ज्यान गुमाएका यादवको शव प्रहरीले उठायो

सिरहा । सिरहाको गोलबजारमा बिहीबार दिउँसो प्रदर्शनका क्र ...

गोलबजार झडपका घाइते एक जनालाई धरान पठाइयो

सिरहा । गोलबजारमा बिहीबार दिउँसो भएको प्रदर्शनका क्रममा ...

गोलबजारको एबी मलमा सहित एक दर्जन घरमा आगजनी

सिरहाको गोलबजारमा आगजनी र तोडफोडका घटनाहरू बढ्न थालेका ...

गोलबजारमा गोली लागेका एक जनाको मृत्यु

सिरहा । सिरहामा भएको झडपका क्रममा गम्भीर घाइते भएका एक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब