‘दाहा’मा डिजे र हतियार प्रदर्शनमा निषेध

  • असार २०, २०८२ | ३६२ पटक पढिएको | सीमा संदेश
alt

मुस्लिम धर्मावलम्बीको पर्व मोहर्रमा प्रदर्शन गर्दै आएका ‘ताजिया’ अर्थात ‘ दाहा’ मा डिजे र हतियारको प्रदर्शन निषेध गरिने भएको छ ।

वीरगञ्जमा यही असार २२ गते हुने ‘दाहा’लाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउनका लागि बिहीबार वीरगञ्ज महानगरका मेयर, जिल्लाका सुरक्षा निकायका प्रमुख र मुस्लिम अगुवाहरू बीच आज छलफल भएको छ ।

वीरगञ्ज महानगरपालिकामा भएको छलफलमा ‘दाहा’लाई लक्षित गरी विभिन्न ६ बुँदे निर्णय गरिएको छ । सो बैठकले असार २२ गते आइतबार परेको ‘ ताजिया’ अर्थात ‘दाहा’का दिन वीरगन्जका विभिन्न वडाबाट निकालिने ताजियालाई घण्टाघरमा जम्मा हुन दिने, प्रत्येक वडाबाट निकालिने ताजियाका लागि संयोजन टोली गठन गरी असार २० गतेभित्र जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराउने, ताजिया निकाल्दा हातहतियार र डिजेको प्रयोग पूर्ण रूपमा निषेध गर्ने, बालबालिकालाई ताजियामा सहभागी नगराउने, जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने कुनै पनि गतिविधि नगर्ने/नगराउने , वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहको संयोजकत्वमा एक मुस्लिम समुदायका प्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरू सम्मिलित अनुगमन समिति गठन गर्ने तथा कार्यक्रमको सम्पूर्ण सुरक्षा स्थानीय प्रहरी प्रशासनले गर्ने निर्णय गरेको छ ।

गत चैत २८ गते हनुमान जयन्तीका अवसरमा वीरगञ्जमा निकालिएको शोभा यात्राका क्रममा भएको तनावपूर्ण अवस्थाको पुनरावृत्ति रोक्न स्थानीय सरकार र सुरक्षा निकायहरू यसपटक गम्भीर र सतर्क देखिएका हुन्। धार्मिक सद् भावमा असर पार्ने गतिविधिबाट शिक्षा लिँदै, मुस्लिम समुदायको महत्वपूर्ण पर्व दाहालाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले सरोकारवालाहरूबीच छलफल गरिएको छ ।

सिरहामा ५ जना सहित सामाजिक सद्भाव बिथोल्ने ३९ जना

तराईका विभिन्न ६ जिल्लामा सामाजिक सद्भाव बिथोलेको आरोपम ...

मधेस घटना सुनियोजित भएको मधेसी नेताहरूको आरोप

मधेस केन्द्रित दलका शीर्ष नेताहरूले प्रधानमन्त्री बालेन ...

गणेश यादवका परिवार र सरकारबीच ७ बुँदे सहमति

सिरहा। सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको आन् ...

साउन १६ गते शनिबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १६ गते । शनिबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब