धनुषामा २ लाख बढी नगद र १० लाखको चेक लुटियो, लुटेरा फरार

  • असार २१, २०८२ | ४४१ पटक पढिएको | सीमा संदेश
alt

धनुषाको जनकनन्दनी गाउँपालिका १ इनरुवा र जनकनन्दनी गाउँपालिका ६ कठल जोड्ने झोलुङ्गे पुल नजिकै एक व्यक्तिको लाखौं रुपैयाँ नगद र चेक लुटपाट भएको छ ।

इनरुवाबाट मोटरसाइकलमा पैसा लिएर सघरातर्फ जाँदै गर्दा अजय गोइतको २ लाख २५ हजार रुपैयाँ नगद, १० लाखको चेक र एक आइफोन मोबाइल लुटेराले लुटेर फरार हाे । अनटेस्ट मोटरसाइलमा सवार तीन लुटेराले आफूलाई रोकेर लुटपाट गरी भागेको पीडित गोइतले बताए ।

लुटिएका पीडित गोइतले तत्कालै ईलाका प्रहरी कार्यालय खजुरीलाई जानकारी गराएकाे बताए । लुटेराहरुलाई चिन्न नसकेको उनको भनाई छ ।

खजुरीका प्रहरी निरीक्षक बबिन्द्र नेवाङले लुटेराहरु इनरुवातर्फ फरार भएको पीडितबाट जानकारी पाएको र सो क्षेत्रमा खोजतलास तथा चेकजाँच जारी राखेको जानकारी दिए ।

रेशम चौधरीलाई राहत

नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीलाई र ...

भन्सार छलीका १३ लाखभन्दा बढीका अवैध सामान बरामद

नेपाल–भारत सीमा जोडिएका जिल्लाका विभिन्न स्थानमा ...

असोज ७ गते बुधबार,यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ७ गते । बुधबार । इ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब