बक्स अफिसमा कमजोर बने 'माँ' र 'कन्नप्पा', अहिलेसम्म कति कमाए?

  • असार २१, २०८२ | ३१६ पटक पढिएको | सीमा संदेश
alt

एकसाथ रिलिज भएका भारतीय फिल्म 'माँ' र 'कन्नप्पा' दुवैले बक्स अफिसमा कमजोर व्यापार गरेका छन्।

काजोलको हरर-थ्रिलर फिल्म 'माँ' र साउथको एक्सन-ड्रामा फिल्म 'कन्नप्पा' जुन २७ देखि संगै प्रदर्शनमा आएका थिए। 

काजोलले 'माँ' बाट बलिउडमा डेब्यू गरेकी थिइन्। विशाल रेवन्ती फुरियाको निर्देशन रहेको यो फिल्मलाई लिएर रिलिजअघि राम्रो चर्चा भइरहेको थियो। करिब ५५-६० करोड भारतीय रूपैयाँ बजेटमा बनेको यो फिल्मले बक्स अफिसमा सुखद् सुरूआत गरे पनि एक हप्तापछि फिल्मको कमाइमा निकै गिरावट आएको हो। 

यता प्रभास, अक्षय कुमार, विष्णु मञ्चु, मोहनलाल, काजल अग्रवाल जस्ता शीर्ष स्टारहरू अभिनीत ‘कन्नप्पा’ को कमाइ झनै कमजोर देखिएको भारतीय संचारमाध्यमले जनाएका छन्। मुकेश कुमार सिंह निर्देशित यो फिल्म लगभग २ सय करोडमा बनेको बताइएको छ।

भारतीय संचारमाध्यमका अनुसार फिल्म 'माँ' ले ७ दिनमा कुल २६ करोड ६५ लाख भारतीय रूपैयाँ कमाएको छ। सातौं दिनमा फिल्मले १ करोड ६५ लाख भारतीय रूपैयाँ मात्रै कमाएको छ। विश्वव्यापी कमाइलाई हेर्ने हो भने यसले ६ दिनमा ३३ करोड ७५ लाख  रूपैयाँ कमाएको छ। 

'कन्नप्पा' तेलुगु, हिन्दी, कन्नड र मलयालम जस्ता धेरै भाषाहरूमा रिलिज भएर पनि यसले कुनै पनि भाषामा चमत्कार गर्न सकेको छैन।

यो फिल्मले सातौं दिनमा केवल १ करोड २५ लाख भारतीय रूपैयाँ कमाएको छ र घरेलु बक्स अफिसमा कुल ३० करोड १० लाख रूपैयाँ कमाएको छ।

विश्वव्यापी कमाइको कुरा गर्ने हो भने, फिल्मले ६ दिनमा ३८ करोड ७५ लाख रूपैयाँ कमाएको छ।

बरू ब्राड पिटको स्पोर्टस् ड्रामा फिल्म 'एफ वान' ले विश्वभर राम्रो कमाइ गरिरहेको छ। यो फिल्मले भारतमा मात्रै अहिलेसम्म ३५ करोड ४८ लाख रूपैयाँ कमाएको छ।

फिल्मले पाँच दिनमै विश्वभर १५ सय करोड रूपैयाँ कमाएको जनाइएको छ।

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब