मधेश सरकार अगाडि शहीद परिवारको धर्ना, ६ जना पक्राउ

  • असार २३, २०८२ | ४१८ पटक पढिएको | सीमा संदेश

मधेश प्रदेश सरकारको अगाडि शहीद परिवारका सदस्यहरुले धर्ना दिएका छन् ।

आइतबार मधेश भवनको दुई नम्बर गेटमा उनीहरुले धर्ना दिएका छन् । धर्नामा बसेका ६ जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । धनुषा प्रहरीका प्रहरी नायब उपरीक्षक वरुणबहादुर सिंहले बाटो अवरुद्ध गरेको कारण ६ जनालाई पक्राउ गरेको जानकारी दिए । शहीद परिवारहरुले सरकारले आगामी आर्थिक वर्षको बजेटमा शहीद परिवारका लागि राख्ने कार्यक्रम र बजेट कटौती गरेको भन्दै प्रदर्शन गरेका छन् ।

शहीद प्रतिष्ठानमा रित्त पदमा सदस्य नियुक्त गर्नु पर्ने, हरेक सहिद परिवारलाई रोजगारी दिनुपर्ने र सबैको स्वास्थ्य बिमा हुनुपर्ने माग राखेर सहिद परिवार पटकपटक धर्ना दिँदै आएका छन् । विगतको सरकारले एक शहीद परिवार एक रोजगार कार्यक्रममार्फत रोजगारी दिए पनि वर्तमान सरकारले हटाउने प्रक्रिया अगाडि बढाइरहेको सहिद परिवारको गुनासो छ । अधिकांश सदस्यलाई मासिक तलबीबाट हटाएर दैनिक ज्यालादारीमा राखेको उनीहरुको भनाइ छ ।

सिरहामा ५ जना सहित सामाजिक सद्भाव बिथोल्ने ३९ जना

तराईका विभिन्न ६ जिल्लामा सामाजिक सद्भाव बिथोलेको आरोपम ...

मधेस घटना सुनियोजित भएको मधेसी नेताहरूको आरोप

मधेस केन्द्रित दलका शीर्ष नेताहरूले प्रधानमन्त्री बालेन ...

गणेश यादवका परिवार र सरकारबीच ७ बुँदे सहमति

सिरहा। सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको आन् ...

साउन १६ गते शनिबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १६ गते । शनिबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब