वडाध्यक्ष यादव घुससहित अख्तियारको नियन्त्रणमा

  • असार २४, २०८२ | ५१७ पटक पढिएको | सीमा संदेश
alt

रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष जनार्दन यादवलाई  ३ लाख घुससहित अख्तियारको टोलीले  नियन्त्रणमा लिएका छ। अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले यादवलाई रुपन्देहीको  सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ बाट नियन्त्रणमा लिइएको जानकारी दिएका छन् ।

उनका अनुसार यादवले  सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ गणेश ट्रेडिङ्गका संचालक विपिन कुमार पाण्डेयलाई सेवाग्राहीबाट तीन लाख रुपैयाँ लिन लगाएका थिए । अख्तियारको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले पाण्डेयलाई पनि नियन्त्रणमा लिएको छ ।

योजनाहरूको निर्माणपछि भुक्तानी सिफारिसका क्रममा वडा अध्यक्ष यादवले सेवाग्राहीसँग घुस मागेको र सो रकम पाण्डेयमार्फत लिएको खख्तियारले जनाएको छ । आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

गोलबजारमा आज दिनभरका लागि कर्फ्यु खुकुलो बनाइयो

जिल्ला प्रशासन कार्याल सिराहाले आज (आइतवार)  बिहान ...

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन

मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअ ...

संयुक्त हिन्दू मोर्चाले गृहमन्त्री सुदनलाई बुझायो

हिन्दूवादी संघसंगठनहरुले संयुक्त रुपमा बनाएको संयुक्त ह ...

दीपमाला ढकालले जितिन् मिस नेपाल २०२६ को उपाधि

दीपमाला ढकालले मिस नेपाल २०२६ को उपाधि जितेकी छन् । ललि ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब