अपडेट: भोटेकोसीको बाढीमा ३ प्रहरीसहित भण्डै १७ जना बेपत्ता

  • असार २४, २०८२ | ४४८ पटक पढिएको | सीमा संदेश
alt

आज बिहान रसुवको भोटेकोसी नदीमा आएको बाढीमा प्रहरीसहित झण्डै १७ जना जति बेपत्ता भएका छन्।

रसुवाका डीएसपी हेम बहादुर शाहीले दिएको जानकारीअनुसार तीनजना प्रहरीसहित करिब १७ जना जति स्थानीय बाढीमा बेपत्ता भएका हुन्।

‘संख्या यकिन भएको छैन। तर, तीन जना प्रहरीसहित १६/१७ जना स्थानीय बाढीमा बेपत्ता भएको विवरण हामीकहाँ आएको छ,’ उनले भने, ‘हामी बेपत्ताको खोजी र उद्धारमा खटिएका छौँ।’

मंगलबार बिहान भोटेकोसी नदीमा एक्कासी ठूलो बाढी आउँदा रसुवागढी भन्सार क्षेत्र टिमुरेमा ठूलो क्षति पुगेको छ।

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार बाढीमा तीन जना प्रहरी, ६ जना नेपाली कामदार ४ जना चिनिया मजदुर र २ जना गाडी ड्राइभरसहितका स्थानीय बेपत्ता भएका हुन्।

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल पनि बगाएको छ भने त्यहाँ रहको ड्राइपोर्टमा राखिएका सयौँ इभी गाडी पनि बगाएको छ। स्याफुरुबेसी जोड्ने सडक सँगै जलविद्युत आयोजनाको संरचनामा पनि क्षति पुगेको छ।

गोलबजारमा आज दिनभरका लागि कर्फ्यु खुकुलो बनाइयो

जिल्ला प्रशासन कार्याल सिराहाले आज (आइतवार)  बिहान ...

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन

मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअ ...

संयुक्त हिन्दू मोर्चाले गृहमन्त्री सुदनलाई बुझायो

हिन्दूवादी संघसंगठनहरुले संयुक्त रुपमा बनाएको संयुक्त ह ...

दीपमाला ढकालले जितिन् मिस नेपाल २०२६ को उपाधि

दीपमाला ढकालले मिस नेपाल २०२६ को उपाधि जितेकी छन् । ललि ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब