आषाढ २६ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

  • असार २६, २०८२ | ३०४ पटक पढिएको | सीमा संदेश
alt

आजको पञ्चाङ्ग

वि।सं।२०८२ साल आषाढ २६ गते । बिहीबार । ईश्वी सन् २०२५ जुलाई १० तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । उत्तरायणं । ग्रिख्म ऋतु । श्रीशाके १९४७ । आषाढ शुक्लपक्ष । तिथि–पूर्णिमा, ५१ घडी ४२ पला, रातको १  बजेर ५७ मिनेट उप्रान्त प्र्रतिपदा । नक्षत्र–मूल, ० घडी १६ पला, बिहान ५ बजेर २३ मिनेट उप्रान्त पूर्वाषाढा । योग– ऐन्द्र, ४४ घडी २८ पला, बेलुकी ११ बजेर ४ मिनेट उप्रान्त वैधृती । करण–भद्रा, दिउसो १ बजेर ४० मिनेट उप्रान्त बव, रातको १ बजेर ५७ मिनेट उप्रान्त बालव । आनन्दादिमा–धुम्र योग । चन्द्रराशि–धनु ।

काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर १७ मिनेट । सूर्यास्त बेलुकी ७ बजेर ० मिनेट । दिनमान ३४ घडी २१ पला ।  

आजको बार बेला ।

बिहान ५ बजेर १७ मिनेटसम्म शुभ बेला ।

बिहान ५ बजेर १८ मिनेटदेखि बिहान ७ बजेर ० मिनेटसम्म रोग बेला ।

बिहान ७ बजेर १  मिनेटदेखि बिहान ८ बजेर ४३ मिनेटसम्म उद्धेग बेला ।

बिहान ८ बजेर ४४ मिनेटदेखि बिहान १० बजेर २६ मिनेटसम्म चर बेला ।

बिहान १० बजेर २७ मिनेटदेखि बिहान १२ बजेर ९ मिनेटसम्म लाभ बेला ।

मध्यान्ह १२ बजेर १० मिनेटदेखि दिउसो १ बजेर ५२ मिनेटसम्म अमृत बेला ।

दिउसो १ बजेर ५३ मिनेटदेखि दिउसो ३ बजेर ३५ मिनेटसम्म काल बेला ।

दिउसो ३  बजेर ३६ मिनेटदेखि बेलुकी ५ बजेर १८ मिनेटसम्म शुभ बेला ।

बेलुकी ५ बजेर १९ मिनेटदेखि बेलुकी ८ बजेर १८ मिनेटसम्म अमृत बेला ।

नोट: शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहु काल

दिउसो १ बजेर ५१ मिनेटदेखि दिउसो ३ बजेर ३४ मिनेटसम्म राहु काल रहनेछ ।

नोट: राहु कालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रहा मुहूर्त

बिहान ३ बजेर ४१ मिनेटदेखि बिहान ४ बजेर २९ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) लामो समयदेखि रोकिएका कामहरू बन्नुको साथै गरिरहेको कामबाट मनग्गे आम्दानी हुनेछ । आफन्त तथा जीवन साथीको साथ पाइने हुनाले मन प्रसन्न हुनेछ । समाजमा तारिफयोग्य काम गरी नाम कमाउन सकिनेछ । अग्रज तथा गुरुहरूको सद्भाव तथा समर्थन प्राप्त हुनेछ । उच्च शिक्षाको लागी लामो दुरीको यात्रा हुनेछ । व्यापार तथा शेयर बजारबाट मनग्गे आम्दानी गर्न सकिनेछ । घरायसी सुख सुविधा भरपुर मात्रामा प्रयोग गर्न पाइनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । दिनभर व्यस्त भए पनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्दा मन खिन्न हुनेछ । खानपिन तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउनेछ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ भने आम्दानीका स्रोतहरू साँघुरिनेछन् । तर पनि आफन्त तथा गुरुहरूबाट गाइडलाइन तथा आशीर्वाद पाइनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) विपरीत लिङ्ग प्रतिको आकर्षण बढेर जानेछ भने बिलासी वस्तुको प्रयोग मार्फत अरूको ध्यान केन्द्रित गर्न सकिनेछ । बौद्धिकता तथा विवेकको प्रयोग मार्फत काम गरी मनग्गे आम्दानी गर्न सकिनेछ । प्रेम प्रशङगमा खुलेर रमाउन सकिनेछ भने दाम्पत्य जीवन सुदृढ हुनेछ । साझेदारी व्यवसाय, शेयर बजारबाट मनग्गे धन लाभ हुनेछ । अग्र तथा गुरुवर्गहरुसँगको भेटघाटमा मिठो मसिनो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार तथा शेयर बजारबाट मनग्गे आम्दानी हुनेछ भने नयाँ उद्योगमा लगानी गर्ने अवसर आउनेछ । तपाईँको कुरा काट्ने तथा विरोध गर्नेहरू तपाईँकै प्रशंसा गर्न थाल्नेछन् । कुनै पनि प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई हराउँदै जित हात पार्न सकिनेछ । मुद्दा मामिला तथा न्यायिक निर्णयहरू तपाईँकै पक्षमा फैसला हुनेछन् । शरीर स्वास्थ्य रहने हुनाले राम्रा काम गरी दाम कमाउन सकिनेछ । अध्ययन वा प्रतिस्पर्धामा अग्रज तथा गुरुहरूको आशीर्वाद प्राप्त हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अध्ययन तथा अध्यापनमा समय राम्रो रहेकोले भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । आम्दानीको तुलनामा खर्च कम हुने हुनाले शेयर बजार तथा व्यापारमा लगानी गर्न सकिनेछ । काम गर्ने वातावरण बन्ने हुनाले आर्थिक अवस्थामा सुधार भएर जानेछ । आफन्त तथा मन पर्ने मानिसबाट उपहार तथा बिलासी वस्तु प्राप्तिको योग रहेको छ । सन्तान तथा छोरा छोरीको प्रगति देख्न पाइनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) माया प्रेममा विश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाब उत्पन्न हुनेछ । अन्य काममा व्यस्त हुँदा पढाइ लेखाइ कमजोर रहनेछ । राजनीति तथा समाजसेवामा सहभागी हुनेहरूले जनतासँग सन्तुलित व्यवहार गर्नुहोला । स्वास्थ्यको ख्याल गर्नुहोला छाती सम्बन्धी समस्या आउने तथा खर्च बढ्ने योग रहेको छ । तर पनि कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गरी भनेजस्तो आम्दानी गर्न सकिनेछ । शिक्षा क्षेत्रमा गुरुहरूको भूमिका वा सहयोगले राम्रा काम गर्न सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) माया प्रेममा सामिप्यता बढेर जाने तथा मिल्ने साथीको सहयोगले कामहरू बन्नेछन् । रोकिएर बसेका कामहरू बन्नुको साथै बिस्तारै नयाँ काम बन्नेछन् । पढाइ लेखाइमा अग्रज तथा गुरुहरूको सहयोगले सफलताको नजिक पुग्न सकिनेछ । छिमेकीहरू माझ राम्रो काम गरी प्रसिद्धि कमाउन सकिनेछ । सामाजिक सम्बन्धहरू सुदृढ भएर जानेछन् भने दाजुभाइ तथा बन्धुबान्धबको सहयोग पाइने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार तथा शेयर बजारको लगानीबाट मनग्गे आम्दानी हुनेछ । समयमा स्रोत साधन तथा भौतिक सम्पत्ति जुट्नाले चाहेको काम सहजै सम्पादन हुनेछ । अध्ययनमा प्रतिस्पर्धीहरू हार खानेछन् । तपाईँको कुरा काट्ने हरूलाई पाठ सिकाउन सकिनेछ । परिवार तथा गुरुहरूका साथ रमाइलो वातावरण तथा हास खेलमा समय बित्नेछ । पढाइ लेखाइमा थोरै समय दिँदा पनि उत्कृष्ट नतिजाको अपेक्षा गर्न सकिने छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) भौतिक बस्तुको प्रयोग गर्न पाइने तथा राम्रा पहिरनमा सजिएर अरूको मन लोभ्याउन सकिनेछ । तपाईँबाट राम्रा काम हुने हुनाले परिवार तथा साथीभाइहरू खुसी हुनेछन् । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहनेछ । नौलो प्रकृतिको काम गरेर आम्दानीका स्रोत बढाउन सकिनेछ भने व्यापार वा शेयर बजारमा आजको दिन लगानी गर्नाले पछिसम्म लाभ मिल्नेछ । गुरु वर्ग तथा मान्यजनसँगको भेटले मन प्रफुल्ल हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समय मध्यम रहेकोले खानपान तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । माया प्रेममा धोका तथा विश्वासघात हुनेछ ।  काम गर्दा ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुन सक्छ । तापनि विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । लामो दुरीको यात्रा हुनेछ । विदेशमा बसेर काम तथा अध्ययन गर्नेहरूका लागी समय उत्तम रहेको छ । मान्यजन तथा गुरुहरूसँग भेटघाट गरी आशीर्वाद ग्रहण गर्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्  भने श्रमको उचित मूल्याङ्कन होला। शैक्षिक गुणस्तरमा वृद्धि गर्न सकिनेछ भने नयाँ ज्ञान सिक्ने अवसर मिल्नेछ। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। दाजुभाइ तथा आफन्तहरूले सहयोग गर्नेछन् भने सवारी साधन प्राप्तिको गतिलो योग रहेको छ । भविष्यका लागी काम गर्न सकिने समय रहेको छ । प्रेमको डोरो कसिलो भएर जानेछ । मान्यजन तथा गुरुवर्गहरुबाट गाइडलाइन प्राप्त हुनेछ । बिलासी सामान तथा उपहार प्राप्तिको योग रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आर्थिक अवस्था उकास्न गरिने क्रियाकलापहरू फस्टाएर जाने हुनाले मनग्गे आम्दानी हुनेछ । बुवाको धन परिचालन गरी लाभ लिन सकिनेछ । शिक्षा तथा यस्तै क्षेत्रमा लगानी गर्ने अवसर आउनेछ । दाजुभाइको सहयोगले सवारी साधन जोड्न सकिनेछ भने प्रेम तथा मित्रतामा आत्मीयताको विकास हुनेछ । अध्ययनमा सुधार भएर जाने हुनाले अरूभन्दा अग्र स्थानमा तपाईँको नाम आउनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

गोलबजारमा ज्यान गुमाएका यादवको शव प्रहरीले उठायो

सिरहा । सिरहाको गोलबजारमा बिहीबार दिउँसो प्रदर्शनका क्र ...

गोलबजार झडपका घाइते एक जनालाई धरान पठाइयो

सिरहा । गोलबजारमा बिहीबार दिउँसो भएको प्रदर्शनका क्रममा ...

गोलबजारको एबी मलमा सहित एक दर्जन घरमा आगजनी

सिरहाको गोलबजारमा आगजनी र तोडफोडका घटनाहरू बढ्न थालेका ...

गोलबजारमा गोली लागेका एक जनाको मृत्यु

सिरहा । सिरहामा भएको झडपका क्रममा गम्भीर घाइते भएका एक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब