मृतक व्यक्तिको नामबाट गौशाला मालपोतमा जग्गा खरिदबिक्री

  • असार ३०, २०८२ | ५३८ पटक पढिएको | सीमा संदेश
alt

महोत्तरीको गौशाला मालपोत कार्यालयले मृतकको नाममा जग्गा खरिदबिक्री गरेको घटना सार्वजनिक भएको छ ।

मालपोतका कर्मचारी र भूमाफियाले चलखेल गरी नभएका व्यक्तिलाई जग्गाधनी बनाई महोत्तरीमा जग्गा खरिदबिक्री गरिएको भेटिएको छ । साविकको शिवभक्ति खोर २ (ख) कित्ता नं. १८३ को ०–५–१२ १/२ क्षेत्रफल भएको पर्सादेवाडाका महेश चौधरीको नाममा रहेको र उक्त जग्गामा घरबाटो नभएको, कृषि क्षेत्रमा वर्गीकरण गरिएको भनी गौशाला नगरपालिका–४ का वडाध्यक्ष रामनारायण महासेठले २०८२ असार ६ गते सिफारिस गरेका थिए ।

वडाबाट सिफारिस भए पनि जग्गाधनी महेश चौधरीको मृत्यु भइसकेको थियो । जग्गाधनीको मृत्यु भइसकेको अवस्थामा नक्कली जग्गाधनी खडा गरी उक्त जग्गा गौशाला मालपोत कार्यालयबाट असार ८ गते सम्सी गाउँपालिका–४ का रञ्जितकुमार साहलाई ११ लाख ३५ हजार रुपैयाँमा नामसारी गरिएको छ ।

जग्गा नामसारी गर्दा खरिदकर्ताले विक्रेताको बैंक खातामा पैसा जम्मा गरी बैंक भौचर मालपोत कार्यालयमा बुझाउनुपर्ने हुन्छ । १० लाखभन्दा बढी मूल्यको जग्गा खरिदबिक्रीमा बैंक भौचर अनिवार्य गरिए पनि गौशाला मालपोतमा ११ लाख ३५ हजार रुपैयाँ नगद बुझिएको उल्लेख गरिएको छ । बैंक भौचरबिना नै जग्गा रजिस्टर गराउन कर्मचारीलाई प्रलोभनमा पारिएको पाइएको छ ।

जग्गा बिक्री गर्ने व्यक्तिको नागरिकता प्रमाणित नगरी, बैंक खातामा पैसा नजम्हाई, खरिदबिक्रीका प्रक्रिया पूरा गर्दा झुटो विवरण भरेर लेखापढी व्यवसायीले कर्मचारीलाई प्रलोभनमा पारेर मृत व्यक्तिको नामको जग्गा गौशाला मालपोत कार्यालयबाट खरिदबिक्री गरिएको छ । गौशाला मालपोतका कर्मचारीका अनुसार मृतक महेश चौधरी नाममा रहेको अन्य जग्गा जलेश्वर मालपोत कार्यालयबाट समेत खरिदबिक्री भएको छ ।

तीन ठाउँका जग्गा बिक्री भएको र लेनदेनमा सहमति नभएपछि गौशाला मालपोत कार्यालयले नामसारी भएको जग्गा पुनः फिर्ता गरेको छ । सम्सी गाउँपालिका–१ पर्सा घर भई केही वर्षअघि मृत्यु भएका महेश चौधरीको जग्गा गौशाला र जलेश्वर मालपोतबाट सम्सीकै रञ्जितकुमार साहको नाममा नामसारी गरिएको मालपोतका कर्मचारीले बताए । आर्थिक लेनदेनमा सहमति नहुँदा बिक्री भई नामसारी भइसकेको जग्गाको खरिदबिक्री रद्द गरिएको छ ।

गोलबजारमा आज दिनभरका लागि कर्फ्यु खुकुलो बनाइयो

जिल्ला प्रशासन कार्याल सिराहाले आज (आइतवार)  बिहान ...

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन

मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअ ...

संयुक्त हिन्दू मोर्चाले गृहमन्त्री सुदनलाई बुझायो

हिन्दूवादी संघसंगठनहरुले संयुक्त रुपमा बनाएको संयुक्त ह ...

दीपमाला ढकालले जितिन् मिस नेपाल २०२६ को उपाधि

दीपमाला ढकालले मिस नेपाल २०२६ को उपाधि जितेकी छन् । ललि ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब