चोरीको सुन खरिद गर्ने पसलेसहित दुईजना पक्राउ

  • असार ३२, २०८२ | ४६३ पटक पढिएको | सीमा संदेश
alt

नवलपुर प्रहरीले चोरीको सुन खरिद गर्ने सुन पसलेसहित दुईजनालाई पक्राउ गरेको छ।

कावासोती– २ मा रहेको न्यू राहुल सुनचाँदी पसलका सञ्चालक राजेश विसी र सुन चोरीमा संलग्न कावासोती– १७ गोछडा निवासी २३ वर्षीया सुस्मा महतोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मधु नेपालले बताए।

सुस्मा महतोले विवाहमा जाँदा देवचुली नगरपालिका– २ की अमृता चौधरीको कोठाबाट करिब २ तोला सुन चोरी गरेको र उक्त सुन बिक्री गरेको खुलेको प्रहरीले जनाएको छ। सुन पसले बिसीले विनाबिल चोरीको सुन चलनचल्तीको भाउभन्दा सस्तोमा खरिद गर्दै आएको खुलेको छ।

पक्राउ परेको दुबैलाई चोरी कसूरमा नवलपुर जिल्ला अदालतबाट १० दिनको म्याद लिई घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

गोलबाजरका स्थानीय धुँवा धुलोले आक्रान्त

गोलबजार । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको ...

संकटमा मधेश सरकार

केन्द्र राजनीतिमा आएको उतार चढावले कांग्रेस नेतृत्वका म ...

सुनसरीमा डीजे बाजाको विवाद हिंसामा परिणत हुँदा एकक

बोलबम यात्राका लागि निस्किएका युवाले डीजे बाजा बजाएको व ...

साउन ११ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ११ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब