सुक्खाग्रस्त क्षेत्र मधेशमा मनसुन सक्रिय : पानी पर्नेक्रम भोलिदेखि थप बढ्ने सम्भावना

  • असार ३२, २०८२ | ३८३ पटक पढिएको | सीमा संदेश
alt

सुक्खाग्रस्त क्षेत्र मधेश प्रदेशमा मनसुन सक्रिय भएको छ । मनसुनको न्यूनचापीय प्रणाली सक्रिय भएसँगै मधेशमा पानी पर्न थालेको र योक्रम भोलिदेखि थप बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँ तथा अन्य प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । महाशाखाका अनुसार कोशी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्नसक्ने सम्भावना छ ।

त्यस्तै मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा पनि ठूलो पानी पर्न सक्ने अनुमान छ । आज कोशी प्रदेशको तराई तथा मधेश प्रदेशको केही ठाउँ हावाहरुको पनि सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी, मधेश र सुदूरपश्चिम प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

ठूला तथा साना नदी र खोलामा पानीको सतह बढ्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

यस वर्षको मनसुन भित्रिएदेखि नै राम्रोसँग मनसुनी प्रणाली फैलिन नसक्दा कोशी प्रदेशका केही र मधेशका धेरैजसो भागमा पानी पर्न सकेको थिएन ।

पर्याप्त वर्षा नहुँदा मधेशमा रोपाइँ प्रभावित भएको छ । पानी पर्नेक्रम शुरू भएसँगै रोपाइँ थप सहज हुने अपेक्षा छ ।

धान रोपाइँको बेलामा राम्रोसँग वर्षा नहुँदा प्रमुख खाद्यान्न बाली धानखेती प्रभावित हुन पुगेको नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमालले बताउनुभयो ।

असार सकिनै लाग्दा मधेश प्रदेशमा अहिलेसम्म जम्मा ३४ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । मधेशमा तीन लाख ७२ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ । गएको वर्ष असार मसान्तसम्म झन्डै ६२ प्रतिशत धान रोपाइँ भएको थियो ।

ब्यारेजदेखि इटहरीसम्म कफ्र्यु

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई ...

बुवा र छोराको मिलेमतोमा अनियमितता !

सिरहाको सुखीपुर नगरपालिका अन्तर्गत रहेको नगर अस्पतालका ...

आज गुरु पूर्णिमा र व्यास जयन्ती: गुरुप्रति सम्मान

आषाढ शुक्ल पूर्णिमाका दिन आज देशभर गायत्री, दीक्षा, वेद ...

भरियो अख्तियारको हिरासत

घुससहित पक्राउ परेका कर्मचारीले अख्तियार दुरुपयोग अनुसन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब