नवराजपुर गाउँपालिकाको एक आ.व.को आधा बजेट बमोजिम १७ करोड बेरुजु

  • साउन २, २०८२ | ४४० पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहाको नवराजपुर गाउँपालिकाको एक आ.व. मा सार्वजनिक हुने बजेट आधा बमोजिमको १७ करोड वेरुजु नाघेको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनअनुसार गाउँपालिकाको बेरुजुमा रु. १ करोड ४७ लाख १४ हजार थपिएसँगै जम्मा बेरुजु रकम रु. १७ करोड ७१ लाख ४९ हजार पुगेको छ ।

सुशासनको चर्चा गर्ने गाउँपालिका अध्यक्ष शिव उदगार यादव नेतृत्वमा बेरुजुको चाङ थपिँदै जाँदा आर्थिक अनुशासनप्रति प्रश्न उठ्न थालेको छ । स्थानीयहरूबीच पालिकाको खर्च प्रणालीमाथि शंका बढेको देखिन्छ ।आर्थिक वर्ष २०८०/८१ मा आर्थिक प्रशासनको नेतृत्व तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजकिशोर साहले गरेका थिए ।

गाउँपालिकाले एकीकृत वित्तीय विवरण अन्तर्गत अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत प्राप्त रु. ८ करोड ९१ लाख ३३ हजार, स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम अन्तर्गत रु. १ लाख ९७ हजार र प्रशासकीय भवन निर्माणको रु.१२ लाख, अर्थात् कुल रु.९ करोड ५ लाख ३० हजारको लेखापरीक्षण नगरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

गाउँपालिकाले संघीय सरकारबाट सशर्त अनुदान अन्तर्गत रु.१३ करोड २३ लाख ८० हजार, समपूरक अनुदान अन्तर्गत रु. ५ लाख र विशेष अनुदान अन्तर्गत रु. ८० लाख गरी कुल रु. १४ करोड ८ लाख ८० हजार प्राप्त गरेको थियो । तर वर्षको अन्त्यसम्ममा रु. ५ करोड २७ लाख ११ हजार खर्च हुन नसकी बचत भएको र २०८१ साल असोज २३ गते उक्त रकम संघीय संचित कोषमा फिर्ता गरिएको  छ । अनुदान खर्च गर्न नसक्दा स्वीकृत कार्यक्रम कार्यान्वयनमा असर परेको रिपोर्टमा उल्लेख छ ।

गाउँपालिकाको रु. ७९ करोड १७ लाख ६९ हजार को लेखापरीक्षण गर्दा रु.१ करोड ४७ लाख ३७ हजार बेरुजु देखिएको छ । सोमध्ये रु. २३ हजार बेरुजु फस्र्योट भइसकेको छ, भने रु. ३७ लाख ६३ हजारका लागि प्रमाण कागजात पेस गर्नुपर्ने उल्लेख गरिएको छ । यस आर्थिक वर्षको लागि रु. १ करोड ४७ लाख १४ हजार बेरुजु कायम रहेको छ । यसअघि (गत वर्षसम्म) रु.१६ करोड २५ लाख ३५ हजार बेरुजु बाँकी थियो । हाल समायोजन, सम्परीक्षण, फस्र्योट र नयाँ बेरुजु समेत गरी हालसम्मको अद्यावधिक बेरुजु रु.१७ करोड ७१ लाख ४९ हजार पुगेको छ ।

सिरहामा ५ जना सहित सामाजिक सद्भाव बिथोल्ने ३९ जना

तराईका विभिन्न ६ जिल्लामा सामाजिक सद्भाव बिथोलेको आरोपम ...

मधेस घटना सुनियोजित भएको मधेसी नेताहरूको आरोप

मधेस केन्द्रित दलका शीर्ष नेताहरूले प्रधानमन्त्री बालेन ...

गणेश यादवका परिवार र सरकारबीच ७ बुँदे सहमति

सिरहा। सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको आन् ...

साउन १६ गते शनिबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १६ गते । शनिबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब