पृथक र फरक धारमा यात्रा प्रारम्भ गरेको सीमा सन्देश राष्ट्रिय दैनिक पत्रिका आज ७ औं वर्षमा प्रवेश गरेको छ ।
सूचनाको दुनियामा फरक धार र शैलीको सीमा सन्देश २०७६ साल साउन ०५ गते सिरहाको नवराजपुर गाउँपालिका–३ जगतपुरबाट जोडन सफल भएको थियो । ७ वर्ष अगाडि प्रकाशन शुुरू गरेको सीमा सन्देश राष्ट्रिय दैनिक पत्रिकाले राष्ट्र राष्ट्रियता र जनता केन्द्रमा राखेर समाचार प्रकाशन गर्देै आएको छ ।
अनेकौं आरोह र अवरोहहरू झेल्दै जनता र राष्ट्रप्रति समर्पित सीमा सन्देश राष्ट्रिय दैनिक पत्रिकाले पल पलका खबर अध्यावधिक गराउँदै आएको छ । अनेकौं चुनौती र अफ्ट्याराका बीचपनि सीमा सन्देश राष्ट्रिय दैनिक पत्रिका सिरहाको सर्वाधिक पढने पत्रिका बन्न सफल भएको छ ।
सीमा सन्देश राष्ट्रिय दैनिक पत्रिका फरक धार, पृथक शैली र भिन्न प्रस्तुतिका साथ जिल्लाकै सर्बोत्कृष्ट पत्रिकाको पहिचान बनिसकेको छ । स्थापना को छोटो समयमै सर्बोत्कृष्ट समाचारको पहिचान बनाउन सफल सीमा सन्देश आजपनि पाठकहरुको सर्वप्रिय समाचारपत्रका रूपमा निरन्तर छाप छाडेर स्थापित छ ।
मलुक र मुलुकवासीलाई सत्य तथ्य र निस्पक्ष खबर दिने वेदागी सञ्चारमाध्यम बन्ने हाम्रो सार्थक प्रयास भने अझै जारी नै रहेको छ । सीमा सन्देश राष्ट्रिय दैनिक पत्रिका अनलाइन मार्फत विश्व भरीबाट पढन र हेर्न सकिन्छ ।
त्यस्तै, अनलाइन संस्करण र फेसवुक, ट्विटर, ईन्स्ट्राग्राम, टिकटक, लगायतका सामाजिक सञ्जालमा सीमा सन्देशको सामाग्री पढन र हेर्ने सुविधा छ । सत्य र तथ्यमुलक खबर सामाग्रीका लागि सीमा सन्देश राष्ट्रिय दैनिक पत्रिका सधै प्रतिवद्ध रहेको छ।
७ औं बार्षिकोत्सवका अवसरमा हामी सधै सहयोग र सदभाव दिनुहुने समआदरणीय पाठक, विज्ञापनदाता, शुभचिन्तक लगायत सबैप्रति नतमस्तक रहिरहने छौँ ।
आगामी दिनहरूमा पनि सम्वाद सेतुका रुपमा अवाज विहिनहरुका अवाज बन्ने अभियानमा ईमान्दारितापुर्वक दृढ संकल्पित रहिरहने प्रतिबद्धता जाहेर गर्दछौं ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved