सिरहाबाट प्रकाशन हुँदै आएको सीमा सन्देश राष्ट्रिय दैनिक पत्रिका सोमवार साउन ५ गते सातौँ बर्षमा प्रवेश गरेको छ । बि.स. २०७६ साउन ५ गते देखि प्रकाशन आरम्भ गरेको सीमा सन्देश राष्ट्रिय दैनिकले सिरहा र छिमेकी जिल्लाका स्थानीय मुद्दाहरुलाई प्राथमिकता दिएर समाचार र बिचार प्रकाशन गर्दै आएको छ ।
स्थानीय समस्या, सम्भावना, बेतिथि, विकृतिको उजागर गरि त्यसको न्युनीकरणमा सरोकारवालाहरुको ध्यानाकर्षण गराउने र समाजमा भएका सकारात्मक क्रियाकलापको प्रर्वद्धनमा हाम्रा सीमा सन्देश राष्ट्रिय दैनिकले प्राथमिकता दिएको छ ।
वार्षिक उत्सवको अवसरमा पत्रिकाका प्रकाशक तथा प्रधान सम्पादक बैधनाथ कुमार यादबले पाठकवर्ग, विज्ञापनदाता, प्रेस, लेखक, स्थानीय सरकार, संघ संस्था र उर्जाशिल पत्रकार तथा कर्मचारीहरुमा आभार ब्यक्त गर्नुभएको छ ।

“सूचना पाउने नागरिकको मौलिक अधिकारको संरक्षण, तथ्यपरक, सन्तुलित समाचार, सिर्जनशिल विचारको माध्यमबाट स्वच्छ र सभ्य समाज निर्माणमा योगदान गर्ने अभिप्राय सहित सीमा सन्देश राष्ट्रिय दैनिक पत्रिकाको जन्म भएको थियो,” प्रकाशक तथा प्रधान सम्पादक यादबले भन्नुभएको छ “संबिधान जारी भएर राज्य पुनसंरचना र संघीयता कार्यान्वयनको चरणमा परिवर्तनलाई संस्थागत गरि तल्लो तहका नागरिकको पहुँचमा राज्यको सेवा सुबिधा र विकासको अनुभूति गराउन हामीले भूमिका खेल्नुपर्छ ।”
संघीय ब्यवस्थाको सफल कार्यान्वयनका लागि स्थानीय सरकारको सवलीकरणसँगै त्यहाँ हुने नकारात्मक गतिबिधिको खबरदारी तथा सकारात्मक अभ्यासको विकास गराउन नागरिक दवाव अझै पनि आवश्यक देखिएको छ । संबिधान, कानुन र ब्यवस्थाको रक्षा, विकास र सम्बृद्धीको नारालाई ब्यवहारिक बनाउन सामाजिक समस्या र बेतिथि न्युनीकरण गर्न पनि हामीले आफ्नो ठाउँबाट योगदान गरेका छौँ ।

जटिल परिस्थितिमा पत्रिकाको भूमिकालाई अझै प्रभावकारी बनाउन छापा र सामाजिक सञ्जालसँगै अनलाईन मार्फत आम पाठकमाझ पुग्नका लागि सीमा सन्देश डेली डटकम अनलाइन पत्रिका पनि सञ्चालनमा आएको छ।
खोजमुलक, विकास, परिवर्तन, संघीयताको सबलीकरण र आर्थिक बिषयसँग सम्बन्धित समाचार र बिचारलाई प्राथमिकता दिने हाम्रो प्रतिवद्धता रहेको छ । बार्षिक उत्सवको अवसरमा सिरहाको गोलबजार नगरपालिका -४ गुरुधाम चौक स्थित पत्रिकाको कार्यालयमा सीमा सन्देश राष्ट्रिय दैनिकमा कार्यरत पत्रकार तथा कर्मचारीहरुका उपस्थितिमा शुभकामना आदानप्रदान गरिएको थियो ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved