महिलामैत्री छैन सिरहाको कारागार

  • साउन ९, २०८२ | ३८७ पटक पढिएको | सीमा संदेश
alt

महिला कैदीबन्दीको संवेदनशीलता र सुरक्षालाई ध्यानमा राखी ‘महिलामैत्री’ कारागारको आवश्यकता बारम्बार उठ्दै आएको छ । तर सिरहाको कारागारमा अहिले त्यस्तो कुनै सुविधा उपलब्ध छैन ।

महिला कैदीबन्दीका लागि छुट्टै संरचना नहुनु, बनाइएको भवनमा आवश्यक संरचना नपुगेको र वर्तमान कारागारको भीडभाडले यो समस्या थप जटिल बनाएको कारागार प्रशासक सुवोधकुमार महतोले बताउनुभयो । उहाँका अनुसार   महिला कैदी तथा बन्दीलाई राख्नका लागि छुट्टै प्रकारको कारगार छैन । महिना दिनअघिबाट यहाँका महिला कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गरिएको छ ।

महिला कैदीका लागि छुट्टै आवासीय भवन, पर्याप्त र सुरक्षित शौचालय तथा स्नानगृह, शिशुसहितका महिलाका लागि बाल संरक्षण कक्ष, सुरक्षित भेटघाट कक्ष र गोपनीयता सुनिश्चित गर्ने सुविधा आवश्यक मानिन्छ ।

अधुरो भवन, अपूरो योजना

मधेस प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को बजेटअन्तर्गत करिब रु ६० लाखको लागतमा महिला कैदीबन्दीका लागि भनेर एक नयाँ भवन निर्माण थालिएको भए पनि हालसम्म त्यो अधुरो छ । झन् त्यस भवनमा महिलामैत्री आवश्यक संरचना पनि छैन । कारागार प्रशासक महतोले भन्नुभयो, “कम्पाउण्ड वाल, खानेपानीको सुविधा, शौचालय, सेफ्टीट्याङ्की, सेन्ट्री पोष्ट, भेटघाट कक्ष यति नहुँदासम्म उक्त भवन प्रयोगविहीन हुन्छ ।”

झन् चिन्ताको विषय त उक्त भवनमा प्रयोग गरिएको झ्याल सिसाको हो, जुन सुरक्षाका दृष्टिकोणले अत्यन्त जोखिमपूर्ण मानिन्छ । महतो भन्नुहुन्छ, “त्यहीँ सिसा फुटाएर अवाञ्छित क्रियाकलाप हुने तथा विभिन्न घटना घटाउन सक्ने सम्भावना हुन्छ । किन र कसरी त्यो प्रयोग गरियो, म अनभिज्ञ छु । म यहाँ प्रमुख बनेर आएको डेढ महिनामात्र भएको छ ।”

जीर्ण संरचना र क्षमताभन्दा बढी कैदी

सिरहाको मुख्य कारागार २०२८ सालमा निर्माण भएको हो, जुन आजसम्म स्तरोन्नति गरिएको छैन । पुरानो संरचना, अपुग सुविधा र कैदीबन्दीको अत्यधिक सङ्ख्याले स्थिति अझ भयावह बनाएको छ ।

यो कारागारको क्षमता एक सय ५० जनाको मात्र भए पनि हाल यहाँ चार सय ४२ जना कैदीबन्दी राखिएको छ । साउन ४ गते कारागारभित्रै आन्तरिक प्रशासनको नाइके तोक्ने विषयमा कैदीबन्दीबीच झडप हुँदा १३ जना घाइते भएका थिए । हाल उनीहरूको काठमाडौँमा उपचार भइरहेको कारागार प्रशासक महतोले जानकारी दिनुभयो ।

सिरहामा ५ जना सहित सामाजिक सद्भाव बिथोल्ने ३९ जना

तराईका विभिन्न ६ जिल्लामा सामाजिक सद्भाव बिथोलेको आरोपम ...

मधेस घटना सुनियोजित भएको मधेसी नेताहरूको आरोप

मधेस केन्द्रित दलका शीर्ष नेताहरूले प्रधानमन्त्री बालेन ...

गणेश यादवका परिवार र सरकारबीच ७ बुँदे सहमति

सिरहा। सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको आन् ...

साउन १६ गते शनिबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १६ गते । शनिबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब