तटबन्ध बनेपछि सुरक्षा अनुभव

  • साउन ९, २०८२ | ४४६ पटक पढिएको | सीमा संदेश
alt

 सिराहा र सप्तरीको सिमानामा रहेको बलान नदी पश्चिमी किनार सिराहातर्फका कटान क्षेत्रमा तटबन्ध निर्माण भएपछि कटान प्रभावित क्षेत्रका स्थानीयले सुरक्षाको महसुस गरेका छन् ।

वर्षाको समय आउनुअगावै सङ्घीय सरकारको खारो नदी सिँचाइ आयोजनाले एक करोड रुपियाँको लागतमा लहान–२३, तिलेबोनामा निर्माण भएको तटबन्धले नदीमा बाढी आए पनि सो क्षेत्रको बस्ती र उर्वर जग्गा जोगिने आशा पलाएको स्थानीय किसान बिल्टु यादवले बताउनुभयो । तटबन्ध निर्माण नहुँदा गत वर्ष बलान नदीको बाढीले आँपको फूलबारीसमेत कटान गरेको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “अहिले तटबन्ध निर्माण भएपछि केही सुरक्षित भएको महसुस भएको छ । स्थानीय अशेश्वर यादवलगायतका किसानले  विगतका वर्षमा नदीमा बाढी आउँदा हजारौँ बिघा खेतीयोग्य जग्गामा बालुवा भरेर बर्बाद नै पारेको बताउनुभयो । 

गोरखापत्र राष्ट्रिय दैनिकले निरन्तर पाँच वर्षदेखि यस समस्यालाई उजागर गर्दै आएको थियो । सञ्चार माध्यमको निरन्तरको खबरदारी र स्थानीयको दबाबका कारण यस वर्ष  मधेश प्रदेश सरकारको एक करोड २० लाख र लहान नगरपालिकाको ५० लाख गरी एक करोड ७० लाख रुपियाँ लागतमा तटबन्ध  निर्माण गरिएको स्थानीय अशेश्वर यादवले बताउनुभयो । 

सखुवानानकरपट्टी गाउँपालिका अध्यक्ष केदारनाथ यादवले तटबन्ध निर्मार्णले आउने दिनमा बाढीबाट हुन सक्ने क्षतिको न्यूनीकरण हुने अपेक्षा गर्नुभयो । बलान नदीमा बाढी आउँदा सिराहातर्फ लहान–२३, सखुवानानकरपट्टी गाउँपालिका–४ र ५, भगवानपुर गाउँपालिका–१ र ३ को गरी करिब एक हजार बिघा उर्वर जमिन कटान गरेर दर्जनाँै परिवारलाई सुकुमवासी बनाइदिएको उहाँको भनाइ छ ।  

सिरहामा ५ जना सहित सामाजिक सद्भाव बिथोल्ने ३९ जना

तराईका विभिन्न ६ जिल्लामा सामाजिक सद्भाव बिथोलेको आरोपम ...

मधेस घटना सुनियोजित भएको मधेसी नेताहरूको आरोप

मधेस केन्द्रित दलका शीर्ष नेताहरूले प्रधानमन्त्री बालेन ...

गणेश यादवका परिवार र सरकारबीच ७ बुँदे सहमति

सिरहा। सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको आन् ...

साउन १६ गते शनिबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १६ गते । शनिबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब