भारतका मस्ट वान्टेड हतियार तस्कार शेख सलिम भन्ने सलिम पिस्टल नेपालमा पक्राउ परेको जनाइएको छ ।
नेपाल प्रहरीको सहयोगमा भारतको दिल्ली प्रहरी स्पेशल सेलले अपरेशन सञ्चालन गरी उनलाई नेपालबाट पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
पक्राउ परेका सलिम वर्षौंदेखि अवैध हतियारको बिक्री गर्ने गरेको आरोप छ । उनले पाकिस्तानबाट भारतमा हतियार भित्र्याउँदै आएका थिए । अनुसन्धानकर्ताहरूले उनको सम्बन्ध पाकिस्तानी इन्टिलिजेन्स एजेन्सी आइएसआई र दाउद इब्राइमको डि–कम्पनीमा समेत रहेको बताए ।
सलिम पिस्टलले अहिले चर्चाम रहेका लरेन्स विश्नोइ र हशिम बाबाको समूहलाई समेत बिक्री गर्ने गरेको आरोप छ । पछिल्लो समय उनको नाम पञ्जाबी गायक सिद्धू मुशेवालाको हत्यामा जोडिएको थियो ।
नेपालमा लुकेर बसेको सूचना पाएपछि सुरक्षा निकायले नेपाल प्रहरीसँग समन्वय गरी उनलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमहरुको दाबी छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved