जनमत पार्टीका अध्यक्ष राउतको राजीनामाको माग

  • साउन २६, २०८२ | ६०० पटक पढिएको | सीमा संदेश
alt

जनमत पार्टीबाट निष्काशित वरिष्ठ उपाध्यक्ष ई. दीपक कुमार साहले पार्टी अध्यक्ष सीके राउतको अविलम्ब राजीनामा माग गरेका छन् । उनले अध्यक्ष सीके राउतमाथि विभिन्न आरोप लगाउँदै पार्टीलाई लोकतान्त्रिक पद्धति प्रक्रिया अनुसार आफूलाई कारबाही गरे आफू सजाय भोग्न तयार रहेको समेत स्पष्ट पारेका छन् ।

अध्यक्ष राउतले पार्टीलाई निजी सम्पत्ति बनाएको, पारिवारिक पार्टीमा रूपान्तरण गरेको र भ्रष्टाचारको अवसर सिर्जना गर्ने रणनीति अपनाएको आरोप उनले लगाएका छन् । उनले आफूमाथि गरिएको कारबाहीलाई ‘सैतेनी प्रवृत्ति’ को रुपमा अथ्र्याएका छन् । ‘यदि सबै सचेत कर्मवीर स्वराजीहरूले यस्तै अवस्थामा राजीनामा दिन थाले भने मधेश र समाज अझ संकटमा पर्छ’ उनले चेतावनी दिए ।

पूर्ववरिष्ठ उपाध्यक्ष साहले स्वराजीहरूलाई व्यक्तिगत रिसिवी र मनोमानी हिसाबले कारबाहीको नाममा भय सिर्जना गरी पार्टी कब्जा गर्ने षड् यन्त्रबाट सचेत रहन आग्रह गरे । उनले पार्टी निर्माणका लागि दशकौँको परिश्रम, ठूलो आर्थिक खर्च, भोगाइ र बलिदानी सहजै आफूले नत्याग्ने प्रस्ट्याए । उनले भने, ‘लोकतान्त्रिक पार्टी हामीले निर्माण गरेका हौँ । त्यसैले लोकतान्त्रिक विधि अपनाएर मात्र कारबाही हुने र कस्तो कारबाही हुने भन्ने प्रक्रियालाई मान्यता दिनुपर्छ ।’ यसका साथै, स्वराजीहरूको बहुमतको आधारमा मात्रै कारबाही प्रक्रिया पूर्णता पाउनु पर्ने माग पनि दोहो¥याए । उनले ‘दुष्ट भावनाको प्रवृत्ति’ भएको अध्यक्ष राउतले पार्टीका लागि चाहिँदैन भन्दै तत्काल पदत्याग गर्न दबाब दिए ।

गोलबाजरका स्थानीय धुँवा धुलोले आक्रान्त

गोलबजार । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको ...

संकटमा मधेश सरकार

केन्द्र राजनीतिमा आएको उतार चढावले कांग्रेस नेतृत्वका म ...

सुनसरीमा डीजे बाजाको विवाद हिंसामा परिणत हुँदा एकक

बोलबम यात्राका लागि निस्किएका युवाले डीजे बाजा बजाएको व ...

साउन ११ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ११ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब