सिराहा कारागारमा भेटघाटमा कडाइ

  • साउन २८, २०८२ | ५०१ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, २८ साउन । सिरहा कारागारमा २१ दिनअघि कैदीबन्दीबिचको झडप घटनापछि कारागार प्रशासनले भेटघाटमा कडाइ गरेको छ । कारागारका प्रमुख सुबोधकुमार साहले सुरक्षालाई मध्यनजर गरी कडाइ गरिएको बताए ।

झडपअघि आफन्त वा अन्य व्यक्तिले सुरक्षाकर्मीको अनुमति लिएर रजिस्टरमा नाम टिपोट गरी सामान्य चेकजाँच गराएर भेट्न जान पाउँथे । तर, ४ साउनको घटनापछि हाल कारागार प्रशासनको स्वीकृति लिनुपर्छ । सिरहा कारागारमा भएको झडपमा घाइते १२ जनालाई सुन्धारास्थित केन्द्रीय कारागार जगन्नाथदेवलमा स्थानान्तरण गरिएको छ । 

४ साउनमा चौकीदार विजयकुमार महतो र कैलाश ठाकुर समूहबिच झडप भएको थियो । महतोसहित उनका पक्षका शिवकुमार राय, मकेश्वर महतो, जयप्रकाश चौधरी’, बैजु दास, सत्यनारायण कारक, दीपेन्द्रकुमार यादव अहिले जगन्नाथदेवलमा छन् ।

ठाकुर पक्षका दीपक ठाकुर, अञ्जाली कुशवाहा’, रिपेन्द्र झा, सन्तोषकुमार सिंह, जितन साह, विश्वमित्र महतोको पनि स्थानान्तरण गरिएको छ । सिराहा कारागारमा भने चालू आर्थिक वर्ष ०८२/८३ का लागि चौकीदार र नाइके सहनाइके चयनको प्रक्रिया चलिरहेको छ ।

गोलबजारमा आज दिनभरका लागि कर्फ्यु खुकुलो बनाइयो

जिल्ला प्रशासन कार्याल सिराहाले आज (आइतवार)  बिहान ...

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन

मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअ ...

संयुक्त हिन्दू मोर्चाले गृहमन्त्री सुदनलाई बुझायो

हिन्दूवादी संघसंगठनहरुले संयुक्त रुपमा बनाएको संयुक्त ह ...

दीपमाला ढकालले जितिन् मिस नेपाल २०२६ को उपाधि

दीपमाला ढकालले मिस नेपाल २०२६ को उपाधि जितेकी छन् । ललि ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब