कैदमा रहेका रविलाई संसद्को रोस्टमबाट प्रधानमन्त्री ओलीको ‘धम्की’

  • साउन २९, २०८२ | ४२९ पटक पढिएको | सीमा संदेश
alt

प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी, त्यसका समर्थक र सभापति रवि लामिछानेविरुद्ध अमर्यादित टिप्पणी गरेका छन् । कारागारमा रहेका रविलाई धम्की दिएका ओलीले उनका समर्थकलाई ‘भिड’ भनेका छन् ।

प्रतिनिधिसभामा बुधबार सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले रविलाई अदालतले थुनामा पठाएको कुरालाई राजनीतिक प्रतिशोध भनेर जबर्जस्त भाष्य बनाउन खोजिएको टिप्पणी गरे । ‘लाखौँ जनताले सहकारीमा गरेको बचत हिनामिना गर्ने सयौँ व्यक्तिमाथि न्यायालयमा मुद्दा चलेको छ । पूर्वमन्त्री, पूर्वसांसद, बहालवाला मेयरलगायत विभिन्न ओहोदामा रहिसकेका दर्जनौँ व्यक्तिहरूलाई अदालतले थुनामा पठाएको छ । तर, अदालतले पुर्पक्षका लागि थुनामा पठाएका कुनै एक व्यक्तिमाथि ‘राजनीतिक प्रतिशोध’ भएको भन्ने जबर्जस्त भाष्य बनाउन खोजिएको छ । एउटा व्यक्तिमाथि प्रतिशोध भएको हो भने थुनामा रहेका अन्य व्यक्तिमाथि के भएको हो ?’ ओलीले प्रश्न गरे, ‘त्योचाहिँ कानुनी कारबाही हो ? अर्बाैँ रुपैयाँ अपचलन गरेको आरोपमा थुनामा रहेका सयौँमध्ये कुन–कुन व्यक्तिमाथि ‘प्रतिशोध’ भएको हो ? कुन–कुन व्यक्तिमाथिको थुना जायज हो ?’ 

प्रधानमन्त्री ओलीले भिडद्वारा न्यायको हत्या गरेर अभियोगमुक्त हुन खोज्नेहरूबाट समयले यसको जवाफ सधैँ माग्ने बताए । ‘त्यस्ता (रवि)का पछि लागेर कुद्ने भिड अचम्मको मात्र होइन, दयालाग्दो पनि छ,’ उनले भने । ओलीले स्वतन्त्र न्यायालयले गर्ने निर्णयमा सरकारको हात नहुने दाबी गरे । ‘संसद्, सरकार, न्यायालयलगायत आफ्नो काम गर्नुपर्ने लोकतान्त्रिक प्रणालीका सबैजसो अंगहरूलाई पेसेवर ‘मास म्यानुपुलेसन’को आक्रमणबाट बचाउनुपर्छ,’ उनले भने । 

ओलीले भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करीविरुद्ध संसद्मा रास्वपा र राप्रपाले गरिरहेको आन्दोलनलाई ‘ब्ल्याकमेल’ भनेर आलोचना गरे । ‘अन्तर्राष्ट्रिय विमानस्थलमा प्लेन चढ्ने सबै नागरिकलाई ‘बेचिएको’ भन्ने भाष्य स्थापित गर्न खोजिरहेका छन्,’ उनले भने, ‘यसका पछाडि मुलुक र नागरिकको हित जोडिएको छैन, यसले इमोसनल ब्ल्याकमेलिङमार्फत आफ्नो स्वार्थको रोटी सेक्ने प्रवृत्ति मात्र उजागर गरेको छ ।’ 

गोलबजारमा आज दिनभरका लागि कर्फ्यु खुकुलो बनाइयो

जिल्ला प्रशासन कार्याल सिराहाले आज (आइतवार)  बिहान ...

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन

मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअ ...

संयुक्त हिन्दू मोर्चाले गृहमन्त्री सुदनलाई बुझायो

हिन्दूवादी संघसंगठनहरुले संयुक्त रुपमा बनाएको संयुक्त ह ...

दीपमाला ढकालले जितिन् मिस नेपाल २०२६ को उपाधि

दीपमाला ढकालले मिस नेपाल २०२६ को उपाधि जितेकी छन् । ललि ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब