नागरिकतामा आमालाई समान वंशीय हक

  • भदौ १९, २०८२ | ४९८ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौँ, भदौ १९ गते ।   आमा र बुवाको समान वंशीय हक स्थापित गर्ने गरी सङ्घीय संसद्ले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक पारित गरेको छ । सङ्घीय संसद्का दुवै सदनबाट पारित विधेयक अब प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइने छ । पारित विधेयकले नागरिकतामा आमा–बुवा दुवैको समान हक स्थापित गरेको छ । आमा वा बुवा एकको मात्र नाम उल्लेख गरेर पनि अब नागरिकता लिन पाउने कानुनी व्यवस्था सुनिश्चित भएको छ । 

संविधान जारी भएको दस वर्षपछि सङ्घीय संसद्ले नागरिकता जारीका व्यावहारिक र कानुनी अभाव परिपूर्तिका लागि ऐन संशोधन गरेको हो । व्यावहारिक रूपमा देखिएका समस्यालाई सम्बोधन गर्न सरकारले २०८१ माघ १५ गते प्रतिनिधि सभामा विधेयक दर्ता गरेको थियो । दुवै सदनको विधायिकी प्रक्रियाले बुधबार पूर्णता पाएको हो । 

नेपालको संविधानको धारा १२ ले वंशीय आधार तथा लैङ्गिक पहिचानसहितको नागरिकता दिने व्यवस्था गरेको छ तर कानुन अभाव भन्दै नागरिकता जारी गर्ने अधिकारीहरूले आमा वा बुवामध्ये एकको नामबाट मात्र नागरिकता जारी गर्न अस्वीकार गर्दै आएका थिए । संशोधित कानुनी व्यवस्थाले अब एकको मात्र पहिचानमा आधारित भएर नागरिकता जारीको बाटो स्थानीय अधिकारीहरूलाई खोलिदिएको छ । 

संशोधित व्यवस्था अनुसार बुवाको पहिचान नभएको अवस्थामा आमाको नामबाट नागरिकता लिन सकिने व्यवस्था गरिएको छ । यस्तै नेपालको अन्तरिम संविधानबमोजिम बुवा वा आमामध्ये एक जनाले जन्मका आधारमा नागरिकता लिएको र अर्कोले नागरिकता लिनुअघि नै मृत्यु वा सम्पर्कविहीन भएका व्यक्तिका सन्तानले अङ्गीकृत नागरिकता पाउने छन् । संशोधित व्यवस्था अनुसार नेपालका नागरिक आमाबाट विदेशीसँग विवाह गरेको र विदेशी नागरिकता नलिएको अवस्थामा आमाको नामबाट अङ्गीकृत नागरिकता लिन सक्ने व्यवस्था भएको छ । वैदेशिक रोजगारी वा अन्य क्रममा विदेशमा गएको अवस्थामा विदेशमै सन्तान जन्माएको अवस्थामा बुवा पहिचान नभए पनि आमाको नामबाट नेपाली नागरिकता दिइने छ । 

बुवाले नागरिकता दिन सहयोग नगरेको, सम्पर्कविहीन भएको व्यक्तिले पनि आमाको नामबाट नागरिकता पाउने छन् । पारित विधेयकले नागरिकता जारीका प्रक्रियागत सहजीकरण पनि गरेको छ । नागरिकतासम्बन्धी निर्णयमा चित्त नबुझेमा पीडित पक्षले गृह सचिवसमक्ष ३५ दिनभित्र निवेदन दिन सक्ने व्यवस्था गरिएको छ । प्राप्त निवेदनमा ३० दिनभित्र आवश्यक कागजात झिकाउने र त्यसको ३० दिनभित्र निर्णय गर्नुपर्ने समयसीमा तोकिएको छ । नागरिकता जारी गर्ने अधिकारीबाट भएको निर्णयको पुनरावेदन सुन्ने अधिकारी सचिवलाई तोकिएको हो । 

नागरिकता वितरणको व्यावहारिक समस्या सुल्झाउन विभिन्न मुद्दामा सर्वोच्च र उच्च अदालतले गरेको आदेश कार्यान्वयनका लागि सरकारले विधेयक अघि बढाएको थियो । नागरिकता लिँदाको स्वघोषणा गलत ठहर भएमा भने कसुर र सजायको व्यवस्था संशोधित व्यवस्थामा पनि गरिएको छ ।  यस्तै पारित विधेयकले नाबालक परिचयपत्र जारी गर्ने व्यवस्था गरेको छ । 

विधेयक पारितको प्रस्ताव गर्दै गृहमन्त्री रमेश लेखकले कानुन संशोधन ऐतिहासिक भएको बताउनुभयो । मन्त्री लेखकले नागरिकतामा अब आमा र बुवा दुवैको समान वंशीय हक कायम भएको बताउनुभयो । नागरिकता जारीका व्यावहारिक समस्या पनि संशोधित व्यवस्थाले सम्बोधन गरेको मन्त्री लेखकको भनाइ छ । 

गोलबजारमा आज दिनभरका लागि कर्फ्यु खुकुलो बनाइयो

जिल्ला प्रशासन कार्याल सिराहाले आज (आइतवार)  बिहान ...

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन

मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअ ...

संयुक्त हिन्दू मोर्चाले गृहमन्त्री सुदनलाई बुझायो

हिन्दूवादी संघसंगठनहरुले संयुक्त रुपमा बनाएको संयुक्त ह ...

दीपमाला ढकालले जितिन् मिस नेपाल २०२६ को उपाधि

दीपमाला ढकालले मिस नेपाल २०२६ को उपाधि जितेकी छन् । ललि ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब