रास्वपा लक्षित बालेनको ब्यङ्ग्यः ‘देख लिया दो बार सरकार मे जानेका नतिजा??’

  • भदौ २३, २०८२ | ४०७ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह पछिल्ला दिनमा सामाजिक सञ्जालमा दिने बयानका कारण चर्चामा छन्। 

नेपालमा फेसबुकसहित २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयपछि थप सक्रिय भएका बालेन स्टाटस राखेर मात्रै चर्चामा आएका छैनन्। उनी शीर्ष नेताहरूको पोस्टमा गरेको कमेन्टलाई लिएर पनि चर्चामा छन्। 

यसबिच उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति कटाक्ष गरेका छन्। रास्वपा समर्थक कलाकार तथा कार्यक्रम प्रस्तोता आसिफ साहले सामाजिक सञ्जालमा बलिउड अभिनेता अमिताभ बच्चनको एक तस्बिरसहित क्याप्सन राखेका छन्। पोलियो खोप लगाउन प्रेरित गर्न बनाइएको ‘देखा आपने लापरबाही का नतिजा?’ भन्ने सन्देश दिने पोस्टर राखेर उनले लेखेका छन्, ‘यो तस्बिरले केही भन्दैछ हाम्रा नेताहरूलाई...के पो भन्दै छ होला?’ 

‘जेन-जी’ को आन्दोलनप्रति संकेत गर्दै उनले यस्तो लेखेका हुन्। त्यसको जवाफमा मेयर साहले रास्वपा दुई पटक सरकारमा गएको प्रशंग उल्लेख गर्दै लेखेका छन्, ‘देख लिया दो बार सरकार मे जानेका नतिजा??’

दाहाललाई बालेनको काउन्टर: ‘एकादेशमा टिकटक पनि बन्द भएको थियो’

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई सामाजिक सञ्जालबाटै जवाफ फर्काएका छन्।

सरकारको सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोधमा दाहालले लेखेको स्टाटसमा प्रतिक्रिया दिँदै मेयर शाहले दाहाल प्रधानमन्त्री हुँदा टिकटक बन्द भएको घटना स्मरण गराउँदै उनको कार्यकालको प्रभावकारितामाथि नै प्रश्न उठाएका हुन्।

आइतबार अध्यक्ष दाहालले सामाजिक सञ्जालमा स्टाटस लेख्दै सरकारले सामाजिक सञ्जालमाथि रोक लगाउने कदम गलत भएको र युवाहरूको प्रदर्शन स्वाभाविक रहेको बताएका थिए। उनले प्रदर्शनमा बल प्रयोग नगर्न सरकारलाई चेतावनी दिएका थिए।

दाहालको उक्त पोस्टमा प्रतिक्रिया दिँदै मेयर शाहले दाहाल प्रधानमन्त्री हुँदा टिकटक बन्द भएको घटनालाई व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गरे।

उनले दाहाल प्रधानमन्त्री हुँदा आफू मेयर नै रहेको तर कुनै काम नभएको भन्दै असन्तुष्टि पोखे। ‘हजुर पिएम हुँदा पनि म मेयर नै थिए, काम हजुरबाट पनि केहि भएन कमरेड,’ शाहले लेखेका छन्।

मेयर शाहले आफूले अवसर पाए काठमाडौंको मुहार फेर्ने दाबी समेत गरे। उनले लेखेका छन्, ‘मेरो लागि एक दिन दिएको भए म काठमाडौंको खोलानाला फेरिदिन्थेँ।’

सरकारले दर्ता नभएका फेसबुक लगायत २६ वटा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि यसको चौतर्फी आलोचना भइरहेको छ।

यही निर्णयको विरोधमा ‘जेन जी’ पुस्ताले सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शनको आह्वान गरेका छन्। यही सन्दर्भमा प्रमुख राजनीतिक दलका नेताहरूले पक्ष र विपक्षमा आफ्ना धारणाहरू सार्वजनिक गरिरहेका छन्।

गोलबजारमा आज दिनभरका लागि कर्फ्यु खुकुलो बनाइयो

जिल्ला प्रशासन कार्याल सिराहाले आज (आइतवार)  बिहान ...

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन

मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअ ...

संयुक्त हिन्दू मोर्चाले गृहमन्त्री सुदनलाई बुझायो

हिन्दूवादी संघसंगठनहरुले संयुक्त रुपमा बनाएको संयुक्त ह ...

दीपमाला ढकालले जितिन् मिस नेपाल २०२६ को उपाधि

दीपमाला ढकालले मिस नेपाल २०२६ को उपाधि जितेकी छन् । ललि ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब