सरकारको चौतर्फी विरोध !

  • भदौ २४, २०८२ | ३५८ पटक पढिएको | सीमा संदेश
alt

जेनजी भनिने नवयुवापुस्ताले हिजो गरेको प्रदर्शनमा राज्यले दमन गरेको भन्दै चौतर्फी विरोध भएको छ ।

राजनीतिक दल तथा नागरिक समाजले घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् । हिजोको घटनापछि सरकारले नैतिक र वैधानिक अधिकार गुमाइसकेको विपक्षी दलहरुले जनाएका छन् ।

हिजोको प्रदर्शनमा काठमाण्डौमा १७ र सुनसरीमा दुई गरी १९ जनाको ज्यान गएको छ । चार सयभन्दा धेरै घाइतेको उपचार भैरहेको छ । झडपमा ७१ जना सुरक्षाकर्मी पनि घाइते भएका छन् । प्रहरीको गोली लागेर घाइते भएकाको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आठ, सिभिल अस्पतालमा तीन, एभरेस्ट अस्पतालमा तीन, केएमसी अस्पतालमा दुई र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा एक जनाको ज्यान गएको छ ।

त्यस्तै धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा दुई जनाको ज्यान गएको छ । राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि पुगेकामध्ये आठ जनाको ज्यान गएकोमा अहिलेलसम्म पाँच जनाको पहिचान खुलेको छ । सेन्टरका अनुसार अन्दाजी १९ वर्षीय ग्लोबल कलेजका विद्यार्थी श्रीयाम चौलागाईं, बाँकेका सुलभराज श्रेष्ठ, काठमाण्डौ कीर्तिपुरका बुद्धि तामाङ, काठमाण्डौ वनस्थलीका स्टप अधिकारी र गौरव जोशीको पहिचान खुलेको हो ।

यस्तै इटहरीमा ज्यान गुमाएका दुईमध्ये एक जनाको पहिचान खुलेको छ । इटहरी उपमहानगरपालिका–१६ का २३ वर्षीय अभिषेक श्रेष्ठको प्रदर्शनका क्रममा ज्यान गएको सुनसरी प्रहरीले जनाएको छ । अर्का एक युवकको पहिचान खुल्न बाँकी छ । प्रहरीका अनुसार सिभिल, वीर, ट्रमा, एभरेस्ट, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसहितका अस्पतालमा चार सयभन्दा धेरै घाइतेको उपचार भइरहेको छ ।

सरकारले जेनजीको प्रदर्शनमा घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने जनाएको छ ।

देशका विभिन्न स्थानहरुमा बिहानदेखि नै विरोध भइरहेको छ ।

सिरहामा ५ जना सहित सामाजिक सद्भाव बिथोल्ने ३९ जना

तराईका विभिन्न ६ जिल्लामा सामाजिक सद्भाव बिथोलेको आरोपम ...

मधेस घटना सुनियोजित भएको मधेसी नेताहरूको आरोप

मधेस केन्द्रित दलका शीर्ष नेताहरूले प्रधानमन्त्री बालेन ...

गणेश यादवका परिवार र सरकारबीच ७ बुँदे सहमति

सिरहा। सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको आन् ...

साउन १६ गते शनिबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १६ गते । शनिबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब