भदौ २७ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

  • भदौ २७, २०८२ | ४५२ पटक पढिएको | सीमा संदेश
alt

आजको पञ्चाङ्ग

वि.सं.२०८२ साल भाद्र २७ गते । शुक्रबार । ईश्वी सन् २०२५ सेप्टेम्बर १२ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । वर्षा ऋतु । श्रीशाके १९४७ । आश्विन कृष्णपक्ष । तिथि–पञ्चमी, १९ घडी २५ पला, दिउसो १ बजेर ३४ मिनेट उप्रान्त षष्ठी । नक्षत्र–भरुणी, २६ घडी ३४ पला, बेलुकी ४ बजेर २५ मिनेट उप्रान्त कृतिका । योग– व्याघात, ३२ घडी ४८ पला, बेलुकी ६ बजेर ५५ मिनेट उप्रान्त हर्षण । करण–तैतिल, दिउसो १ बजेर ३४ मिनेट उप्रान्त गर, रातको १२ बजेर २० मिनेट उप्रान्त वणिज । आनन्दादिमा–मुद्गर योग । चन्द्रराशि–मेष, बेलुकी १० बजे उप्रान्त वृष । पञ्चमी श्राद्ध । काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ४८ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर १० मिनेट । दिनमान ३० घडी ५७ पला।  

आजको बार बेला ।

  • बिहान ५ बजेर ४८ मिनेटसम्म चर बेला ।
  • बिहान ५ बजेर ४९ मिनेटदेखि बिहान ७ बजेर २१ मिनेटसम्म लाभ बेला ।
  • बिहान ७ बजेर २२ मिनेटदेखि बिहान ८ बजेर ५३ मिनेटसम्म अमृत बेला ।
  • बिहान ८ बजेर ५४ मिनेटदेखि बिहान १० बजेर २६ मिनेटसम्म काल बेला ।
  • बिहान १० बजेर २७ मिनेटदेखि बिहान ११ बजेर ५९ मिनेटसम्म शुभ बेला ।
  • मध्यान्ह १२ बजेर ० मिनेटदेखि दिउसो १ बजेर ३२ मिनेटसम्म रोग बेला ।
  • दिउसो १ बजेर ३३ मिनेटदेखि दिउसो ३ बजेर ५ मिनेटसम्म उद्वेग बेला ।
  • दिउसो ३ बजेर ६ मिनेटदेखि बेलुकी ४ बजेर ३८ मिनेटसम्म चर बेला ।
  • बेलुकी ४ बजेर ३९ मिनेटदेखि बेलुकी ७ बजेर ३८ मिनेटसम्म रोग बेला ।

नोट: शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल

बिहान १० बजेर २६ मिनेटदेखि मध्यान्ह ११ बजेर ५९ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट: राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रहा मुहूर्त

बिहान ४ बजेर १२ मिनेटदेखि बिहान ४ बजेर ५० मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

  • मेष (चून,चे,चो,ला,लि,लू,ले,लो,अ) घरमै बसेर अध्ययनलाई निरन्तरता दिन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवारका सदस्यहरूबिच घनिष्ठता बढेर जानेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धित सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । बाहिरी वातावरण तथा यात्रा गर्दा ध्यान दिनुहोला ।
  • वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) स्वास्थ्य सम्बन्धी सामान्य समस्याले सताउन सक्छ खानपानमा ध्यान दिनुहोला । परिवार तथा आफन्तजन तपाईँदेखि टाढिनेछन् । राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ काम गर्दा सजक भएर गर्नुहोला । माया प्रेममा धोका हुनेछ । अनावश्यक ठाउँमा बल प्रयोग हुनुको साथै विद्या तथा प्रतिस्पर्धामा अरूभन्दा पछि परेको भान हुनेछ ।
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धित सामानको व्यापारमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । अध्ययनमा सोचे अनुरूप प्रगति नहोला । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । तर पनि परिवार तथा आफन्तहरू तपाईँको कामदेखि प्रसन्न हुनेछन् । दाजुभाइ बाट राम्रै सहयोग प्राप्त हुनेछ । माया प्रेममा विश्वासको वातावरण झन् कसिलो भएर जानेछ ।
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)  बुवा तथा बुवा सरहका मानिसबाट तपाईँको काममा सहयोग हुनेछ भने आफन्त तथा सहयोगीहरूले तपाईँकै साथ दिनेछन् । माया प्रेमको बन्धन कसिने तथा घरमै बसेर पढाइ लेखाइलाई निरन्तरता दिन सकिनेछ । कृषि तथा पशुपालन व्यवसायमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । यात्रा गर्दा ध्यान दिनुहोला ।  
  • सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) धर्म, संस्कृति तथा आफ्नो रीतिरिवाजको जगेर्ना गर्ने काममा समय खर्चनु पर्नेछ । पढाइ लेखाइलाई घरबाट नै भए पनि निरन्तरता दिन सकिनेछ ।  सामाजिक काम गरी पुरस्कृत हुने योग रहेको छ । साथीभाइ तथा आफन्तहरूको सहयोग पाइने हुनाले मन प्रसन्न रहनेछ समयले साथ दिने हुनाले मन प्रसन्न रहने तथा भाग्य वृद्धि हुनेछ ।
  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)  ऋण,रोग तथा सङ्कटको सामना गर्नुपर्नेछ भने यही बेलामा आयस्रोतका बाटाहरू साँघुरा हुनेछन् । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । खानपानमा विशेष ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्याले सताउन सक्छ । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । आफन्त तथा दिदीबहिनी सँग साना साना कुरामा मनमुटाब बढ्नेछ । यात्रा गर्दा सावधानी अपनाउनु होला आजको दिन मध्यम रहेको छ ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) मायाप्रेम गर्नेहरूले आफ्नो मन परेको मान्छेसँग कुराकानी गर्न पाउँदा खुसी भएको महसुस गर्नेछन् । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगि बढ्न सकिनेछ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । अध्ययनलाई घरमै बसेर निरन्तरता दिन सकिने तथा प्रविधिको प्रयोग गर्न सकिनेछ ।
  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) स्वास्थ्यले साथ दिने हुँदा साहसिलो काम गर्न सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई हराई परिणाममुखी नतिजा निकाल्न सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा राम्रो प्रगति भएर जानेछ । मामा तथा मावलीबाट तपाईँको काममा सहयोग हुनेछ । तर पनि समय प्रतिकुल भएकोले बाहिरी वातावरण वा यात्रा गर्दा  ध्यान दिनुहोला ।  
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) काममा अनायासै हस्तक्षेप गर्नेहरूलाई किनारा लगाउँदै अगाडी बढ्न सकिनेछ । अध्ययनमा घरमै बसेर प्रगति गर्न सकिनेछ । औषधीजन्य तथा खाद्यान्नको व्यवसाय फस्टाएर जानेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनुको साथै जीवन साथीको हरेका पाइलामा समर्थन पाइने  योग रहेको छ ।
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) घर परिवार,आफन्त तथा आमासँग घरायसी कुरामा विवाद सिर्जना हुनसक्छ ध्यान दिनुहोला । कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरूका लागि भने समय उत्तम रहेको छ । तपाईँले सुरु गर्नुभएको काममा विभिन्न वाधा तथा अवरोधको सामना गर्नुपर्नेछ । तपाईँले बनाएका गोप्य योजनाहरू सार्वजनिक गर्न केही समय पर्खँदा राम्रो हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा प्रशस्त समय खर्चिए पनि भनेजस्तो नतिजा हात नलाग्न सक्छ ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) वादविवाद तथा प्रतिस्पर्धामा तपाईँकै जित हुनेछ । दाजुभाइ तथा छिमेकी सँगको सम्बन्ध सुदृढ भएर जानेछ । घरमै बसेर अध्ययनमा सफलता प्राप्त गर्न सक्नेछन् । माया प्रेम तथा पति पत्नी बिच विश्वासको वातावरणमा थप प्रगाढता आउनेछ । जीवन शैलीमा सुधार हुनुको साथै समयको महत्त्व बुझ्दा अगाडी बढ्न सहज हुनेछ ।
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) समाजमा बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै थोरै कामहरू गर्न सकिनेछ । दैनिक उपभोग्य बस्तुको व्यापारमा बढोत्तरीको योग रहेको छ । कुटुम्बसँगको सम्बन्धमा सुधार हुनेछ भने आफन्तको सहयोगले कामहरू समयमा नै सकाउन सकिनेछ । पारिवारिक जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा रमाउन चाहनेहरूलाई समयले साथ दिनेछ भने जीवन साथीसँग थप आत्मीयता बढ्नेछ ।

तपाईँको दिन शुभ रहोस् ।

बलिवुड अभिनेत्री दिशा पाटनीको फिटनेस र ‘शाही पानी’

बलिवुड अभिनेत्री दिशा पाटनी आफ्नो उत्कृष्ट फिटनेस र सुन ...

औषधीय प्रयोजनका लागि गाँजा खेती गर्न सर्वोच्चको पर

सर्वोच्च अदालतले औषधीय, वैज्ञानिक, कृषि तथा औद्योगिक प् ...

स्थानीय तह निर्वाचनको तया

आगामी स्थानीय तहको निर्वाचनको मिति तय नहुँदै विभिन्न रा ...

ध्वनि प्रदूषणको प्रतिस्पर्धाले समाजमा फैलिँदै असन्

घटना १ :  १० साउन ०८३ मा सुनसरीको देवानगन्ज ग ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब