मधेशको अधिकांश जिल्लामा कफ्र्यु

  • भदौ २७, २०८२ | ३१४ पटक पढिएको | सीमा संदेश
alt

मधेश प्रदेशको अधिकांश जिल्लामा निषेधाज्ञा तथा कफ्र्यु आदेश जारी गरिएको छ ।

सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, पर्सालगायतका जिल्लामा प्रशासन कार्यालयद्वारा निषेधाज्ञा तथा कफ्र्यु जारी गरिएको छ । धनुषा जिल्लाभर जिल्ला प्रशासन कार्यालय धनुषाले निषेधाज्ञा तथा कफ्र्यु आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले सुरक्षा चुनौती बढेको भन्दै जिल्लाभर निषेधाज्ञा र कफ्र्यु आदेश जारी गरेको जनाएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले बिहीबार विशेष सुरक्षा अवस्था सिर्जना भएकाले शान्ति–सुरक्षाका दृष्टिले निषेधाज्ञा तथा कफ्र्यु आवश्यक रहेको निष्कर्ष निकालेको छ । बिहीबार बिहान ११ बजेदेखि बेलुकी ४ बजेसम्म जिल्लाभर निषेधाज्ञा लागू हुनेछ ।

बिहीबार बेलुकी ६ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म जिल्लाभर कफ्र्यु आदेश लागू हुने प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए । अत्यावश्यक अवस्थामा निषेधाज्ञा वा कफ्र्यु अवधिभन्दा बाहेक पनि अति अत्यावश्यक सेवाका सवारीसाधनलाई मात्र आवतजावत गर्ने अनुमति दिइने प्रशासनले जनाएको छ ।

सिरहामा ५ जना सहित सामाजिक सद्भाव बिथोल्ने ३९ जना

तराईका विभिन्न ६ जिल्लामा सामाजिक सद्भाव बिथोलेको आरोपम ...

मधेस घटना सुनियोजित भएको मधेसी नेताहरूको आरोप

मधेस केन्द्रित दलका शीर्ष नेताहरूले प्रधानमन्त्री बालेन ...

गणेश यादवका परिवार र सरकारबीच ७ बुँदे सहमति

सिरहा। सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको आन् ...

साउन १६ गते शनिबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १६ गते । शनिबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब