असोज १ गते शोक दिवस मनाउने सरकारको निर्णय

  • भदौ ३१, २०८२ | ४१७ पटक पढिएको | सीमा संदेश
alt

सरकारले आउँदो असोज १ गते शोक दिवस मनाउने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा शोक दिवस मनाउने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो । यो दिन सरकारले सार्वजनिक बिदा दिएको छ ।

यस्तै बैठकले आन्दोलनमा ज्यान गुमाएका व्यक्तिहरूलाई शहीद घोषणा र राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको गृहमन्त्री अर्यालले बताउनुभयो ।

यस्तै सरकारले आन्दोलनमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई १५ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । बैठकले आन्दोलनका घाइतेहरूको निःशुल्क उपचार गर्ने, शव व्यवस्थापनका लागि निःशुल्क गाडी र दुर्गम क्षेत्रमा हेलिकप्टरको व्यवस्था गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले आन्दोलनमा भएको जनधनको क्षति, ज्यादती र घुसपैठको सम्बन्धमा अनुसन्धान गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको गृहमन्त्री अर्यालले बताउनुभयो ।

यस्तै सरकारले भदौ २३ र २४ भएको आन्दोलनमा ज्यान गुमाउने व्यक्तिहरूको नाममा जेन-जी जागरण स्मारक पार्क स्थापना गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मन्त्रिपरिषद्‌मा पेश गरेको सबै प्रस्ताव फिर्ता लिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् विस्तारपछि आज प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा पहिलो मन्त्रिपरिषद् बैठक बसेको हो ।

सिरहामा ५ जना सहित सामाजिक सद्भाव बिथोल्ने ३९ जना

तराईका विभिन्न ६ जिल्लामा सामाजिक सद्भाव बिथोलेको आरोपम ...

मधेस घटना सुनियोजित भएको मधेसी नेताहरूको आरोप

मधेस केन्द्रित दलका शीर्ष नेताहरूले प्रधानमन्त्री बालेन ...

गणेश यादवका परिवार र सरकारबीच ७ बुँदे सहमति

सिरहा। सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको आन् ...

साउन १६ गते शनिबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १६ गते । शनिबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब